बिर्तामोड।  झापाको अर्जुनधारा-११ नयाँ बसपार्कमा अर्जुनधारा युर्टन बिक्री केन्द्र सञ्चालनमा आएको छ ।
 अर्जुनधारा युर्टन बिक्री केन्द्रको उद्घाटन युर्टन इन्टरनेशलका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले गरेका थिए ।
 अर्जुनधारा युर्टन बिक्री केन्द्रकी प्रमुख पुष्प गुरुङको अध्यक्षता तथा युर्टन इन्टरनेशनल प्रालिका मार्केटिङ डाइरेक्टर अर्जुन  गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युर्टन इन्टरनेशनलका राष्ट्रिय बितरक चन्द्र हाङखिमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
 कार्यक्रमका प्रमुख अतिथि युर्टन इन्टरनेशनल प्रालिका मार्केटिङ डाइरेक्टर अर्जुन  गिरीले  युटर्न इन्टरनेशनल प्रा.लि.नेपाली युवा उद्यमीहरूको समूहद्वारा स्थापित प्रत्यक्ष बिक्री गर्ने कम्पनी भएको र यसले  मौरीजन्य पर्दाथहरुबाट उच्च गुणस्तरयुक्त दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरु उत्पादन एवं विक्रिवितरण गर्दै आएको बताए।
उनले युर्टन ईन्टरनेशनल प्रालिले मौरीजन्य तथा हर्बल उत्पादनको बजारिकरण गर्दै आएको र  बिहानदेखि रातीसम्म चाहिने सम्पूर्ण सामाग्री युर्टनले  उत्पादन गरी बजारीकरण गरीरहेको जनाए ।
  उनले देशलाई आत्मनिर्भर बनाउन युर्टनले योगदान गरिरहेको बताउँदै आयात प्रतिष्थापन र रोजगारी सिर्जनमा पनि महत्वपूर्ण भुमिका खेलिरहेको जनाए ।
  युर्टन इन्टरनेशनलका लीडर तोयानाथ भट्टराईले औचित्यमाथी प्रकाश पार्दै युर्टनले मानव जीवन र राष्ट्रका लागि योगदान गरेको बताए।
  कार्यक्रममा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, कृषि बिकास बैंक भद्रपुरका प्रवन्धक गोपाल लामिछाने, बिर्तामोड उद्योग बाणिज्य संघकी सह कोषाध्यक्ष  तिलोत्तमा खत्रीलगायतले युर्टनले उत्पादन गरेको सामाग्रीहरु  स्वस्थ्यबर्धक रहेकाले युर्टनको उत्पादन प्रयोग गरी धेरै रोगबाट मुक्त हुन सबैलाई आग्रह गरे।
  अर्जुनधारा युर्टन बिक्री केन्द्रका म्यानेजर दीर्घराज रैका मगरले  युर्टन इन्टरनेशनल प्रालिले विशेषगरि मौरीजन्य पर्दाथहरु रोयल जेली, प्रपोलिस, विपोलेन, विब्रेड, बी भेनम क्रिम, गुर्जोको जुश, त्रिफला (हर्रोबर्रो अमल) जुस, अमला जुस, भुइ स्याउको जुस आदी उत्पादन गर्दै आएको बताए।

 उनले नेपालको प्रचलित कानुनअनुसार वस्तुको प्रत्यक्ष विक्री ऐन २०७४, प्रत्यक्ष विक्री नियमावली २०७६ र अन्य नेपालको प्रचलित कानुनको नियम अनुसार २०७७ असारबाट  इजाजत पत्र प्राप्त गरेर प्रत्यक्ष विक्री प्रणाली अनुसार कम्पनीबाट उत्पादित वस्तुहरुको विक्री गर्दै आइरहेको बताए।

  उनले युर्टनका सामग्री नेपालको मौलिक उत्पादन स्वस्थ्यबर्धक सामग्री भएकाले यसले उपभोक्ताको मन जित्ने  बताए।
अर्जुनधारा युर्टन बिक्री केन्द्रकी प्रमुख पुष्प गुरुङले अर्जुनधारावासीलाई युर्टन इन्टरनेशनल प्रालिका सामग्री  सहजरूपमा उपलब्ध गराउन अर्जुनधारा-११ नयाँ बसपार्कमा अर्जुनधारा युर्टन बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।
  कार्यक्रमको सञ्चालन अर्जुनधारा युर्टन बिक्री केन्द्रका म्यानेजर दीर्घराज रैका मगरले गरेका थिए।