बिर्तामोड। खरायो इन्क प्रालिद्वारा सञ्चालित प्रोलिपले झापाको बिर्तामोडमा युवा स्वरोजगारमुलक विभिन्न तालिम सञ्चालन गरिरहेको छ।
अहिलेको एआईको युगमा युवापुस्तालाई लक्षित गर्दै वेव डेभलपमेन्ट, एप डेभलपमेन्ट, ग्राफिक डिजाइनिङ, भिडियो इडिटिङ, डिजिटल मार्केटिङ, प्रोडक्ट डिजाइनिङ, थ्रीडी डिजाइनिङ, थ्रीडी भीएफएक्स एनिमेसनलगायतका स्वरोजगारमुलक तालिम सञ्चालन गरिरहेको खरायो इन्क प्रालिका सञ्चालक डेनियल थापाले बताए।
बिर्तामोडको होटल डेनियलको तेस्रो तलामा डेढ वर्ष अघि सञ्चालनमा आएको खरायो इन्क प्रालिले हालसम्म एक सय भन्दा बढी युवालाई स्वरोजगारमुलक विभिन्न तालिम प्रदान गरेको खरायो इन्क प्रालिका सञ्चालक गौरव श्रेष्ठले बताए। आफूहरूले झापाका बिभिन्न कलेजहरूमा गएर त्यहाँका विद्यार्थीहरूलाई स्वरोजगारमुलक तालिम प्रदान गरेको उनले बताए।उनले तालिम प्रदान गरेका विद्यार्थीहरूलाई ईन्टर्नसीप प्रदान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ग्राहकहरूसंग कसरी सहकार्य गर्ने सीप र अनुभव हासिल गर्ने बताए। डिजिटल युगमा युवाहरूलाई सक्षम बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउनु आफूहरूको उद्देश्य रहेको उनको भनाई छ।अहिले २५ जना विद्यार्थीले विभिन्न सीप सिकिरहेको र उनीहरूले एआई प्रविधिको क्षेत्रलाई प्रयोगात्मक अभ्यास गरीरहेको सञ्चालक श्रेष्ठले बताए। विशेष गरी कलेजमा अध्ययनरत् विद्यार्थीहरूले सिप सिक्दै कमाउँदै गर्न सक्ने भएकाले एक पटक खरायो प्रोलिपमा आएर बिभिन्न सीप बारे जानकारी लिन उनले सबै विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन्।

















