बिर्तामोड। झापाको बिर्तामोडमा नानी घर सञ्चालनमा आएको छ।
झापाका युवा व्यवसायी रविन बस्नेत र नाङसाल तामाङले ५० लाख रूपैयाँको लागतमा बिर्तामोडस्थित कृष्ण सिनेमा हल अगाडी नानी घर सञ्चालनमा ल्याएका हुन्।
नानी घरको बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघकी अध्यक्ष राधिका चुडाल हुमागाईंले उद्घाटन गरिन्।
कार्यक्रमकी प्रमुख अतिथी रहेकी हुमागाईले नवजात शिशुदेखि १५ बर्षसम्मका वालवालिकाहरूका लागी चाहिने सम्पूर्ण सामग्री एउटै छाताभित्र उपलब्ध गराएकोमा खुशी व्यक्त गरिन् ।
नानी घरमा नवजात शिशुदेखि १५ बर्षसम्मका वालवालिकाहरूका लागी लत्ताकपडा, जुत्ता, खेलौना, हस्पिटल व्यागलगायतआवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध हुने सञ्चालक रविन बस्नेतले बताए।
नानी जन्मनुभन्दा अगाडी हस्पिटलका लागी चाहिने सम्पूर्ण सामग्रीदेखि १५ बर्षसम्मका वालवालिकाहरूका लागी लत्ताकपडा, जुत्तालगायत उपलब्ध हुने सञ्चालक नाङसाल तामाङले बताइन्।
कार्यक्रममा युवा व्यवसायी प्रशान्त भण्डारीले बिर्तामोडमा नवजात शिशुदेखि १५ बर्षसम्मका वालवालिकाहरूका लागी चाहिने सामग्री एकै ठाउँमा नपाएर ग्राहकले दु:ख पाइरहेको अवस्थालाई मध्यनजर गरेर नानी घरले नवजात शिशुदेखि १५ बर्षसम्मका वालवालिकाहरूका लागी एकै ठाउँमा उपलब्ध गराएर राम्रो काम गरेको बताए।
कार्यक्रममा महिला उद्यमी संघकी सचिव सुमी खरेल, सदस्यहरू शारदा सिटौला, गीता राजवंशी,पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, पत्रकार महासंघ झापाकी कार्यालय प्रमुख अनुसा चुडाल, पत्रकार तुलसीप्रसाद निरौला, देव वाँस्कोटालगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए।




















