बिर्तामोड। झापाको बिर्तामोडस्थित कृषिथाेक राेडमा म´नै नेपाली मार्ट सञ्चालनमा आएको छ।
  विगत सात महिनादेखि झापाको अर्जुनधारा - ६ मातामन्दिर छेउमा सञ्चालन भएको  म´नै नेपाली ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ ब्यवस्थापनका साथ बिर्तामोडस्थित कृषिथाेक राेडमा सञ्चालनमा आएको हो।
   युवा व्यवसायी रोमनाथ घिमिरे र दिपा खवास घिमिरेले सञ्चालनमा ल्याएको म´नै नेपाली मार्टमा गाउँघरका रैथाने सामग्री, दैनिक उपभोग्य सामग्री,  गाॅजाबाट बन्ने लत्ताकपडा, काठका सामग्रीलगायतका सामग्री उपलब्ध हुने सञ्चालक रोमनाथ घिमिरेले बताए।
  म´नै नेपाली मार्टमा उपलब्ध हुने सामग्री शुद्ध, स्वदेशी, शाकाहारी , स्वस्थ्यबर्धक र सुपथ मूल्यमा उपलब्ध हुने सञ्चालक दिपा खवास घिमिरेले वताइन्।
    म´नै नेपाली मार्टको उद्घाटन सञ्चालक रोमनाथ घिमिरेकी आमा विष्णुमाया घिमिरे र सञ्चालक दिपा खवास घिमिरेकी आमा बुबा कौशिला खवास र उमानाथ खवासले संयुक्तरूपमा गरेका थिए।
   उद्घाटनको दिन  सबै सामानमा १०% छुटकाे ब्यवस्था गरिएकाे सञ्चालक घिमिरेले बताए।
   नेपाली उद्यमीहरूको उत्पादनले बजार नपाईरहेको अवस्थामा नेपाली उद्यमीहरूको उद्यमशिलतालाई विकास गर्दै स्थानीय स्वस्थ्यबर्धक उत्पादनहरूको बजारीकरण मार्फत विदेशी वस्तुहरूको आयातलाई प्रतिस्थापन गर्दै समृद्ध नेपाल निर्माण गर्न विशुद्ध नेपाली उत्पादन बिक्रीका लागी म´नै नेपाली मार्ट सञ्चालनमा ल्याएको सञ्चालक रोमनाथ घिमिरेले बताए।
   सरकारले पनि नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने निती ल्याएको बताउँदै उनले एक पटक म´नै नेपाली मार्टमा आएर नेपाली उत्पादन खरिद गरेर स्वस्थ जीवन जिउंन सबैलाई आग्रह गरे।