बिर्तामोड। उच्च शिक्षा अध्ययन गर्न युके जान चाहने विद्यार्थीहरूका लागी देवर्सी एजुकेशन बिर्तामोडले एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युकेका विभिन्न कलेज तथा युनिभर्सिटीबाट आएका प्रतिनिधीहरूले विद्यार्थीहरूलाई युकेका विभिन्न कलेज तथा युनिभर्सिटीहरूको बारेमा जानकारी गराएको देवर्सी एजुकेशनको बिर्तामोडका रिजनल डाइरेक्टर राजेश सुवेदीले बताए।
युकेका बिपिपि युनिभर्सिटीका प्रतिनिधी शिव केसी, सादिया ओमार, पालक चौधरी, युडब्लुएस लण्डनका प्रतिनिधी संगम पौडेल, रोहेम्टन, युडब्लुएल, अल्स्टर , सन्डरलेण्ड युनिभर्सिटीका पार्टनर रिलेसनसीप म्यानेजर विवस रिमालले सहजीकरण गर्दै युकेका विभिन्न कलेज तथा युनिभर्सिटीका बिषय, छात्रवृत्तिको सुविधा, पढाई र बसाई खर्च र करीयर काउन्सिलिङको बारेमा जानकारी गराएको देवर्सी एजुकेशनको बिर्तामोडका रिजनल डाइरेक्टर राजेश सुवेदीले बताए।
काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको देवर्सी एजुकेशनको बिर्तामोडस्थित हनुमान सेन्ट्रलको तेस्रो तलामा कोशी प्रदेशकै पहिलो शाखा कार्यालय रहेको बताउँदै रिजनल डाइरेक्टर राजेश सुवेदीले युके जाने विद्यार्थीहरूलाई देवर्सी एजुकेशनको बिर्तामोडले डुओलिङ्गो कक्षा नि: शुल्क गराउनुका साथै शैक्षिक परामर्श समेत दिइने जनाए।
आफूहरू बिद्यार्थीहरुको अभिभावक भएकाले युके जाने विद्यार्थीहरूलाई युके पुगेपछि एअरपोर्टबाट पिकअप गरी खान बस्नका लागीसमेत सहजीकरण गरिने उनले बताए।
देवर्सी एजुकेशन काठमाडौंका डाइरेक्टर अमितबाबु ढुंगानाले देवर्सी एजुकेशनबाट शैक्षिक परामर्श लिएर विद्यार्थीहरूलाई ढुक्क भएर युके जान आग्रह गरे। अभिमुखीकरण कार्यक्रममा ईलाम, मोरङ, झापामा एक सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको रिजनल डाइरेक्टर राजेश सुवेदीले बताए।




















