बिर्तामोड।  सुजुकी कम्पनीको बिर्तामोडका लागी आधिकारिक बिक्रेता बिर्तामोड–४ स्थित सञ्जीव ओम अटो प्लाजामा  सुजुकी मनसुन चेकअप तथा सुजुकी मनसुन बिग एक्सचेन्ज क्याम्प भदौ ९ गते मंगलबारबाट शुरू भएको छ।
   आगामी भदौ १३ गते शनिबारसम्म सञ्चालन हुने सुजुकी मनसुन चेकअप तथा सुजुकी मनसुन बिग एक्सचेन्ज क्याम्पमा सुजुकी कम्पनिको मोटरसाइकल र स्कुटरको फ्रि सर्भिस तथा एक्सचेन्ज गरिने सञ्जीव ओम अटो प्लाजाका सञ्चालक  ओमप्रकाश श्रेष्ठले बताए।
   सुजुकी मनसुन चेकअपमा फ्रि सर्भिस, स्पेयर्स पार्ट्समा १० प्रतिशत छुट, मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए।
  सुजुकी मनसुन बिग एक्सचेन्ज क्याम्पमा सुजुकी कम्पनिको मोटरसाइकल र स्कुटर शुन्य प्रतिशत ब्याजदरको फाइनान्समा उपलब्ध गराउने तथा मूल्याङ्कन पछि थप मूल्याङ्कन १५ हजार रूपैयाँसम्म उपलब्ध गराइने उनको भनाई छ।
  सुजुकी मोटरसाइकल तथा स्कुटरको बजार विस्तारसँगै  ग्राहकको सेवालाई मध्यनजर गर्दै सुजुकी मनसुन चेकअप तथा सुजुकी मनसुन बिग एक्सचेन्ज क्याम्प शुरू गरेको   बताउँदै सञ्चालक श्रेष्ठले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिद बिक्री तथा साटासाट गर्न ग्राहकलाई आग्रह गरे।