बिर्तामोडझापाको बिर्तामोडमा खरायो इन्क प्रालिद्वारा सञ्चालित प्रोलिपले ग्र्याजुएसन डे मनाएको छ ।
  खरायो इन्क प्रालिद्वारा सञ्चालित प्रोलिपले सञ्चालन गरेको वेव डेभलपमेन्ट, ग्राफिक डिजाइनिङ,भिडियो इडिटिङ, थ्रीडी डिजाइनिङ तालिममा सहभागी विद्यार्थीहरूको सहभागितामा ग्र्याजुएसन डे मनाएको हो।
   वेव डेभलपमेन्ट तालिममा सलिना भट्टराई, कुसल लिम्बू, पर्बत सम्वाहाम्फेले सहभागिता जनाएका थिए भने उनीहरूलाई विवेक लिम्बूले प्रशिक्षण दिएका थिए।
   त्यस्तै भिडियो इडिटिङ तालिममा आशा गुरुङ र आयुश गुरुङ सहभागी थिए भने उनीहरूलाई निशुम लिम्बूले प्रशिक्षण प्रदान गरेकी थिइन्।
   त्यस्तै ग्राफिक डिजाइनिङमा सहभागी आयुश गुरुङलाई एल्वीन भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए।
  त्यसैगरी थ्रीडी डिजाइनिङ तालिममा क्रिस गुप्ता, अनिश पोमु लिम्बू सहभागी थिए भने उनीहरूलाई मनिस प्रधानले प्रशिक्षण प्रदान गरेका थिए।
  अहिलेको एआईको युगमा युवापुस्तालाई खरायो जस्तै चम्किरहने बनाउन वेव डेभलपमेन्ट,  ग्राफिक डिजाइनिङ, भिडियो इडिटिङ, थ्रीडी डिजाइनिङ, तालिम प्रदान गरेको खरायो इन्क प्रालिका सञ्चालक डेनियल थापाले बताए।

  त्यस्तै खरायो इन्क प्रालिद्वारा सञ्चालित प्रोलिपमा डिजिटल मार्केटिङ, प्रोडक्ट डिजाइनिङ, एप डेभलपमेन्ट, थ्रीडी भीएफएक्स एनिमेसनलगायतका स्वरोजगारमुलक तालिम सञ्चालन भइरहेको उनले बताए। 
  बिर्तामोडको होटल डेनियलको तेस्रो तलामा डेढ वर्ष अघि  सञ्चालनमा आएको खरायो इन्क प्रालिले हालसम्म एक सय  पचास भन्दा बढी युवालाई स्वरोजगारमुलक विभिन्न तालिम प्रदान गरेको खरायो इन्क प्रालिका सञ्चालक गौरव श्रेष्ठले बताए।

  आफूहरूले झापाका बिभिन्न कलेजहरूमा गएर त्यहाँका विद्यार्थीहरूलाई स्वरोजगारमुलक तालिम प्रदान गरेको उनले बताए। उनले तालिम प्रदान गरेका विद्यार्थीहरूलाई ईन्टर्नसीप प्रदान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ग्राहकहरूसंग कसरी सहकार्य गर्ने सीप र अनुभव हासिल गर्ने बताए। डिजिटल युगमा युवाहरूलाई सक्षम बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउनु आफूहरूको उद्देश्य रहेको उनको भनाई छ।

  विशेष गरी कलेजमा अध्ययनरत् विद्यार्थीहरूले सिप सिक्दै कमाउँदै गर्न सक्ने भएकाले एक पटक खरायो प्रोलिपमा आएर बिभिन्न सीप बारे जानकारी लिन उनले सबै विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन्। 
   तालिम लिएका विद्यार्थीहरूले आफूहरू अहिलेको एआई प्रविधिलाई सदुपयोग गरी स्वरोजगारमुलक काम गर्न सक्षम भएको बताए।