बिर्तामोड। बैदेशिक रोजगार व्यवसायी संघ झापाले रसुवाका वाढीपीडितहरूलाई आर्थिक सहयोग गरेको छ ।
   बैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन शिलवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा बैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले   बैदेशिक रोजगार व्यवसायी संघ झापाका पदाधिकारीहरू , मेनपावर व्यवसायीहरूको सहयोगमा चार लाख एकाउन्न हजार रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गरिने बताए।
   कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मानवताको सेवा ने जीवनको सर्वोत्तम कार्य हो भन्ने उक्तिलाई आत्मसात गर्दै बैदेशिक रोजगार व्यवसायी संघ झापाले गरेको मानवीय सेवाको प्रशंसा गरेका थिए।
   कार्यक्रमको सञ्चालन बैदेशिक रोजगार व्यवसायी संघ झापाका महासचिव निरकुमार खत्री निरनले गरेका थिए।