बिर्तामोड। झापाको अर्जुनधारा - ११ लक्ष्मीधापमा द बन क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ।
अर्जुनधारा - ११ बसपार्क निवासी देबी तामाङले १५ लाख रूपैयाँको लगानीमा द बन क्याफे एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएकी हुन्।
द बन क्याफे एण्ड रेष्टुरेण्टको उद्घाटन अर्जुनधारा - ११ का वडाध्यक्ष खगेन्द्र ईङनाम, बडासदस्य शुशिला गिरी, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागीरमान राई र सञ्चालक देबि तामाङले गरेका थिए।
लक्ष्मीधापस्थित नमूना सामुदायिक वनभित्र एसी डाँडाले परिचित उक्त स्थानमा सञ्चालनमा आएको द बन क्याफे एण्ड रेष्टुरेण्टमा कफी, खाजा, हुक्का , सेकुवा, पेय पदार्थ उपलब्ध हुने सञ्चालक देबी तामाङले बताइन्।
स्वच्छ हावा, मनोरम बातावरण, हरियाली पार्क र स्वस्थ्यबर्धक खानेकुरा पाइने भएकाले द बन क्याफे एण्ड रेष्टुरेण्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने स्थानीय सन्तकुमार राई बताउँछन्।
कार्यक्रममा नमूना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टीकामाया गौतम मैनाली, सचिव मोहनप्रसाद चम्लागाई, सदस्य टंककुमारी संग्रौला , लक्ष्मी तामाङ लगायतको सहभागिता रहेको थियो।




















