बिर्तामोड। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ईस्कन धुलाबारीको आयोजनामा अन्तर विद्यालयस्तरीय श्लोक, हाजीरीजवाफ प्रतियोगिता, चित्रकला, वक्तृत्वकला, वैष्णव भेषभूषा प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ।
ईस्कन धुलाबारीका अध्यक्ष दशरथ राजवंशीको अध्यक्षता तथा समाजसेवी पुनित वंशलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
अन्तर विद्यालयस्तरीय हाजीरीजवाफ प्रतियोगितामा प्रथम एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कूल , द्वितिय हिमालयन ईङलिस एकाडेमी , तृतिय धुलाबारी माबि र सान्त्वना काँकडभिट्टा माबि भएका थिए। त्यस्तै अन्तर विद्यालयस्तरीय वैष्णव भेषभूषा प्रतियोगितामा प्रथम एभरेष्ट भ्यू इङ्लिस बोर्डिङ स्कूलकी सिया राजवंशी, द्वितिय हिमालयन ईङलिस एकाडेमीकी गीतगुञ्जन न्यौपाने र हिमालयन ईङलिस एकाडेमीकीकी करिना पौडेल तृतिय भएका थिए।
त्यसैगरी अन्तर विद्यालयस्तरीय वैष्णव भेषभूषा प्रतियोगितामा प्रथम होलीवेल ईङलिस बोर्डिङ स्कूलकी सिम्रन रिजाल, द्वितिय धुलाबारी माविका निर्जला कश्यप अधिकारी, हिमालयन ईङलिस एकाडेमीकीकी पूजा पराजुली तृतिय भएका थिए।
त्यस्तै अन्तर विद्यालयस्तरीय श्लोक प्रतियोगितामा प्रथम हिमालयन ईङलिस एकाडेमीकीकी निर्जला खनाल, द्वितिय होलीवेल ईङलिस बोर्डिङ स्कूलकी युनिसा भट्टराई र हिमालयन ईङलिस एकाडेमीकीकी प्रज्ञा न्यौपाने तृतिय भएका थिए।
त्यस्तै अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा कक्षा ३ सम्म क्याम्ब्रीज ईङलिस बोर्डिङ स्कूलकी एरिना मेचे, कक्षा ८ सम्म हिमालयन ईङलिस एकाडेमीकीकी गुल्सन खालिङ राई, कक्षा १२ सम्म धुलाबारी माविकी नम्रता चापागाई विजयी भएका थिए।
कार्यक्रममा बिजेतालाई प्रमाणपत्र,ट्रफि र मेडल प्रदान गरिएको थियो भने निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा मेची भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपाने , आदर्श मावि कांकरभिट्टाका शिक्षक त्रिलोचन भण्डारी क्याम्ब्रीज इङ्लिस वोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन राजवंशी , रोट्रयाक्ट क्लव अफ काँकडभिट्टाका प्रेसिडेन्ट सुरेश निरौलालगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा ईस्कन धुलाबारीका अध्यक्ष दशरथ राजवंशी, सचिव यमुना भण्डारी, कोषाध्यक्ष तरूण राजवंशी, सल्लाहाकार माधव भारतलगायतको सहभागिता रहेको थियो।




















