बिर्तामोड। महिला मुक्ति अभियान झापाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाकी सदस्य सुनिता तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा अध्यक्ष सुब्बाले औचित्यसहित संस्थाको गतिविधिबारे जानकारी गराएकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, संस्थापक सल्लाहकार साबित्रा मेन्याङ्वो, संस्थापक सदस्य तथा पूर्व कोषाध्यक्ष पूर्णकुमारी लावती, चन्द्रकला लुईंटेललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष सुब्बाले बार्षिक तथा सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष भगवति मेचे खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागीले प्रमुख अतिथि न्यौपानेको प्रसंशा गर्दै आगामी बिर्तामोड नगरपालिकाको नगर प्रमुखमा उठ्न सुझाव दिएका थिए।
संस्थाकी कोषाध्यक्ष भगवति मेचे खरेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संस्थाकी पूर्व सचिव विनिता तामाङले गरेकी थिइन्।




















