बिर्तामोड। ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट पीडित बनेकाहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागी ५० हजार एक सय ५१ रूपैयाँ आर्थिक सहयोग गरेको छ।
रसुवागढीमा आएको विनाशकारी विपत्तिले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले मानवीय सेवाको भावनासहित ५० हजार एक सय ५१ रूपैयाँ ईनरह्वील डिस्ट्रिक ३५० नेपाललाई राहत सहयोग स्वरूप हस्तान्तरण गरेको ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डेले बताइन् ।
रसुवागढी विपत्तिमा ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनको साथ,पीडामा मल्हम ,विपत्तिमा मानवताको हात भन्दै उनले आफूहरूले गरेको यो सहयोग रकम मात्र नभएर विपत्तिमा परेका परिवारप्रतिको हाम्रो ऐक्यबद्धता , संवेदना र जिम्मेवारीको प्रतिबिम्ब भएको बताइन् ।
उनले भनिन्- आज रसुवागढीले हाम्रो सहयोग खोजिरहेको छ । त्यहाँको वास्तविक आवस्था बुझ्न , पीडीतको आवश्यकता पहिचान गर्न र सही ठाउँमा सही सहयोग पुऱ्याउन नेपालभरिका ईनरह्वील क्लब नेपाल एकजुट भएर फिल्ड भिजिट मार्फत प्रत्यक्ष अवस्थाको अध्ययन गरी आवश्यकता अनुसार सहयोग गर्ने हाम्रो साझा प्रतिवद्धता रहेको छ ।हाम्रो विश्वास छ - सेवा केवल सहयोग गर्नु होइन, आवश्यकताको ठाउँसम्म पुगेर आशा जगाउनु हो। आज हामी एकजुट भयौँ भने , कसैको घरमा फेरि उज्यालो बल्न सक्छ, कसैको आँखामा फेरि आशा फर्कन सक्छ । एकजुट बनौँ हातेमालो गरौँ
विपत्तिमा परेकाहरूका लागि आशाको किरण बनौं ।
उनले मानवीय तथा आर्थिक सहयोगमा साथ दिने ईनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनका मेम्वरहरुलाई धन्यवाद दिएकी छिन्।




















