बिर्तामोड। चेतना नेपाल भद्रपुर -७ झापाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
चेतना नेपालका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद ओलीको अध्यक्षता तथा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उशा गुरूङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरे,
रामकुमार कन्दङ्वा, चेतना महिला नौमती बाजा समूहकी संयोजक गीता खनाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष ओलीले बार्षिक प्रतिवेदन, जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईंले कोषाध्यक्षको अनुपस्थितिमा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा चेतना महिला नौमती बाजा समूहले संगीनी नृत्य, चेतना नेपाल नाट्य समूहले लागूऔषध दुर्व्यसन न्युनीकरण सम्बन्धी सचेतनामूलक नाटक, भैरवी संगीतालयकी संयोजक कमला चुडाल मैनालीले तीजसम्बन्धी गीत, मीना भट्टराईले कवितालगायत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन चेतना नेपालकी कार्यकारी प्रमुख कल्पना भट्टराईले गरेकी थिइन्।




















