बिर्तामोड। झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ ।

 एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय ,उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड संचालक डा. रुपकप्रसाद खनालले  स्वागत गरेका थिए । 

कार्यक्रममा  एक्सेल डेभलपमेन्ट  बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकका वर्तमान गतिविधिहरुको वारेमा जानकारी दिएका थिए । 

 प्रादेशिक बैंकको रुपमा झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकको कार्यक्षेत्र कोशी प्रदेश रहेको बताउँदै  उनले हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी,उदयपुर, संखुवासभा, धनकुटाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्‌ना शाखा कार्यालयहरुमार्फत ग्राहकहरुसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको बताए । एक्सेल डेभलपमेन्ट बैंकले आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत शाखा विस्तार गर्दै लैजाने नीति लिएको  उनको भनाई छ ।

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक्सेल डेभलपमेन्ट बैंकको संचालक समिति सदस्यमा पर्शुराम दाहाल, यज्ञप्रसाद शर्मा र चिराग गोयललाई निर्वाचित गरेको साधारण सभाले एक्सेल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०८१\ ०८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका प्रस्तावहरु पारित गरेको बताइएको छ । एक्सेल डेभलपमेन्ट बैंकको निक्षेप संकलन करिब १८अर्व ५३ करोड रुपैंया र हालसम्म लगानीमा रहिरहेको कर्जा करिब १३ अर्व ८२ करोड रुपैंया रहेको छ  । 

कार्यक्रममा एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनीहरु सुरेशकुमार अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ढकालले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामनासहितको मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेको मार्केटिङ हेड गजेन्द्र ढकालले जानकारी दिए ।