बिर्तामोड। झापाको बाह्दशी-६ बिहिबारेमा रहेको कञ्चनगढ एजुकेशन फाउण्डेशनमा वालदिवसको अवसरमा प्रभातफेरीसहित विभिन्न मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
कञ्चनगढ बालक्लबको आयोजनामा भएको कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले गीत, नृत्य, कविता, सरस्वति वन्दनालगायत प्रस्तुत गरेका थिए।
कञ्चनगढ बालक्लबकी अध्यक्ष खुशी श्रेष्ठको अध्यक्षता तथा कञ्चनगढ एजुकेशन फाउण्डेशनकी संस्थापिका मञ्जु पनेरूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कञ्चनगढ बालक्लबका उपाध्यक्ष आयुस बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम अघि कञ्चनगढ बालक्लबको सक्रियतामा भएको प्रभातफेरीले बिहीबारे बजार परिक्रमा गरेको थियो। प्रभातफेरीमा विद्यार्थीहरूले वालअधिकार सम्बन्धी बिभिन्न नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा रहेका थिए।
कार्यक्रममा शिक्षक इन्द्र सिटौलाले वालदिवस र कुशे औंशीको महत्वबारे जानकारी गराएका थिए।
झापाको बाह्दशी –६ कञ्चनगढ एजुकेशन फाउण्डेशन अन्तर्गत एक महिना अघि गठन भएको कञ्चनगढ बाल क्लबको पहिलो कार्यक्रमको रूपमा वालदिवसको अवसरमा प्रभातफेरीसहित विभिन्न मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा अध्यक्षमा खुशी श्रेष्ठले खुशी व्यक्त गरेकी छिन् ।
उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खट्नुहुने कञ्चनगढ एजुकेशन फाउण्डेशनमा कार्यरत् सम्पूर्ण शिक्षक, कर्मचारी , वालक्लबका पदाधिकारीहरूलाई धन्यवाद दिएकी छिन्।
कार्यक्रममा कञ्चनगढ बालक्लबका
फोकल पर्सनमा शिक्षक राजकुमार दाहाल , सल्लाहकार शिक्षकहरू धीरज पनेरु र ईन्द्र सिटौला,विद्यालयका उद्घोषण शिक्षक तथा विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, शिक्षकहरू शंकर प्रधान, अमृत वान्तवा , भविष्य मैनाली, जीवन भण्डारी, राधिका निरौला, सामना राई, गंगा भट्टराईलगायतको सहभागिता रहेको थिपो ।
कार्यक्रमको सञ्चालन कञ्चनगढ बालक्लबका सचिव विपल अधिकारीले गरेका थिए।




















