बिर्तामोड। झापाको बाह्दशी-६ बिहिबारेस्थित कञ्चनगढ एजुकेशन फाउण्डेशनले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेका नागरिकहरूका लागी प्याब्सन झापा मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ४१ हजार रुपैयाँ प्रदान गरेको छ।
कञ्चनगढ एजुकेशन फाउण्डेशनद्वारा गठित कञ्चनगढ बालक्लबको सक्रियतामा विद्यार्थीद्वारा संकलित नौ हजार रूपैयाँ, शिक्षक कर्मचारीहरूबाट १६ हजार रूपैयाँ , र बिद्यालयको तर्फबाट १६ हजार रूपैयाँ , गरी ४१ हजार रुपैयाँ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्याब्सन झापामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयकी संस्थापिका मञ्जु पनेरूले बताइन्।
विपद्को समयमा कञ्चनगढ एजुकेशन फाउण्डेशनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्दारमा सहयोग गर्नुपर्ने सन्देश दिन कञ्चनगढ एजुकेशन फाउण्डेशनले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेका नागरिकहरूका लागी आर्थिक सहयोग गरेको कञ्चनगढ एजुकेशन फाउण्डेशनका संस्थापक प्रिन्सिपल जीवन पनेरूले बताए।
राष्ट्रिय विपद्का कारण प्रभावित परिवारहरूको सहयोगार्थ प्याब्सन केन्द्रीय कार्यसमितिको आह्वानमा सञ्चालित यस्तो मानवीय अभियानमा कञ्चनगढ एजुकेशन फाउण्डेशन परिवारका तर्फबाट बिधालय , शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक सहभागितामा ४१ हजार रुपैयाँ सहयोग गरेको बताउँदै उनले विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै मानवीय दायित्व निर्वाह गर्ने यस अभियानमा सहभागी हुन पाएकोमा गौरवान्वित भएको जनाए।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवालगायतका क्षेत्रका बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, पुनःस्थापना तथा आवश्यक सहयोगका लागि आफूहरूको यस सामूहिक प्रयासले राहत तथा पुनःस्थापनाका कार्यमा केही योगदान पुर्याउने विश्वास लिएको उनको भनाई छ।
कञ्चनगढ बालक्लबकी अध्यक्ष खुशी श्रेष्ठले कञ्चनगढ एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीहरूले आफूले खाजा खान ल्याएको रकम बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, पुनःस्थापना तथा आवश्यक सहयोगका लागि प्रदान गरेको बताइन् ।




















