बिर्तामोड। साहित्य चौतारी, बिर्तामोड झापा नेपालले विविध कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङको अध्यक्षता तथा संस्थाका अभिनन्दित ब्यक्तित्व महाकाव्यकार मित्रप्रसाद दाहालको प्रमुख आतिथ्यमा कार्यक्रममा संस्थाका सचिव तुलसीप्रसाद निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार शिरो सान्दाईले संस्थास्थापनादेखि हालसम्म दिवंगत हुने स्रष्टाहरूसहित भोटेकोशी बाढीबाट निधन भएका र जेनजी शहीदहरूलाई समवेदना व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष टंक बिकल्पले संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको जीवनी प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठद्वारा लिखित पहिलो कविता संग्रह देवीभक्तका सिर्जनाहरू विमोचन गरिएको थियो।
उक्त कृतिको टिप्पणी प्रा.डा. गंगाप्रसाद अधिकारीले गरेका थिए।
कार्यक्रममा प्राज्ञ सुमित्रा वाङ्देल चेली, अभिनन्दित साहित्यकार पुण्यप्रसाद खरेल, विन्दू दाहाल मुकदर्शक, सल्लाहकार हरिनारायण भट्टराई , अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधानलगायतले संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठलाई जन्मोत्सवको शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यकार ईलामे जेठो, लीला अनमोल, पदम अधिकारी, मिना अधिकारी, जमुना खरेल , गगन भट्टराईले साहित्यिक रचना बाचन गरेका थिए भने अर्जुनधारा संस्कृत वेदविद्यापीठका छत्रपति गुरागाईंले मोतीराम भट्टको कबिता वाचन गरेका थिए।
कार्यक्रममा संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले राष्ट्रिय गीत र आफूले रचना गरेका विभिन्न भक्तिभजनहरू गाएका थिए।
उनलाई गायिका ज्योती खाती, रक्षा तिम्सिना,रोहिका तिम्सिनालगायतले साथ दिएका थिए।
कार्यक्रममा संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठद्वारा लिखित जन्मदिनको शुभकामना गीत विमोचन गरिएको थियो ।
सोही कार्यक्रमकाबिच भोटेकोशी बाढीबाट प्रभावित बनेकाहरूलाई साहित्य चौतारी बिर्तामोड झापा नेपाल र होटल हिकोला हेरिटेजको तर्फबाट ५१ हजार रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठलाई अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देल, अर्जुनधारा संस्कृत वेदविद्यापीठका प्राचार्य हेमन्त भण्डारीसहित प्रमुख अतिथी र अतिथिलगायतले माला टीका लगाएर जन्मोत्सवको शुभकामना र आशीर्वाद दिएका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका पूर्व महासचिव भानुभक्त कुभेण्डेलीले गरेका थिए।




















