बिर्तामोड। झापाको बिर्तामोडमा कौस्तुभ पूजा भण्डार एण्ड स्टेशनरी सञ्चालनमा आएको छ।
  बिर्तामोड कनकाईरोडमा युवा व्यवसायी देशवन्धु ढुङ्गेल र कविता भूर्तेल ढुङ्गेलले कौस्तुभ पूजा भण्डार एण्ड स्टेशनरी सञ्चालनमा ल्याएका हुन्।
  अर्जुनधारा नगरपालिकाका नगरप्रमुख वलदेवसिंह गोम्देन, सामाजिक व्यक्तित्व पदम निरौलाले कौस्तुभ पूजा भण्डार एण्ड स्टेशनरी उद्घाटन गरेका थिए।
  बिर्तामोड कनकाईरोडमा विगत १३ बर्षदेखि न्यू कनकाई पुस्तक पसल सञ्चालन गरेका ढुङ्गेलले व्यवसाय विस्तार गर्दै कौस्तुभ पूजा भण्डार एण्ड स्टेशनरी सञ्चालनमा ल्याएको बताए।   उद्घाटनको अवसरमा दशैं तिहारसहित एक महिनासम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए।