बिर्तामोड। झापाको बिर्तामोडमा प्रजिता कलेक्सन सञ्चालनमा आएको छ।
  बिर्तामोड कृष्णहल रोड मातृभूमि टोलमा युवा व्यवसायी भगीरथ  लुईंटेल र प्रजिता लुईंटेलले प्रजिता कलेक्सन सञ्चालनमा ल्याएका हुन्।
   विगत चार बर्ष अघिदेखि बिर्तामोड अतिथीसदन रोडमा सञ्चालन हुँदै आएको प्रजिता कलेक्सन ग्राहकहरूको मागलाई ध्यानमा राख्दै नयाँ व्यवस्थानका साथ बिर्तामोड कृष्णहल रोड मातृभूमि टोलमा सञ्चालनमा ल्याएको सञ्चालिका प्रजिता लुईंटेलले बताइन्।
   प्रजिता कलेक्सनमा  ओरिजिनल मोती माला, ब्रासका सम्पूर्ण सेट, ब्रासको ब्राइडल सेट, नर्मल सेट, व्याङ्गल्स, एडीका सम्पूर्ण सेट, कानका आइटम, गोल्ड प्लेटेड  सम्पूर्ण गरगहना, आर्टीफिसियल गरगहना, कल्चरल गरगहना लगायत सुपथ मूल्यमा उपलब्ध हुने उनले बताइन्।
  उद्घाटनको अवसरमा तीनदिनसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताइन्।
  पछिल्लो समय ग्राहकहरूको आकर्षण ग्यारेन्टेड गरगहनामा रहेकाले आफूहरूले ग्राहकहरूको मागलाई ध्यानमा राख्दै प्रजिता कलेक्सन सञ्चालनमा ल्याएको सञ्चालक भगीरथ लुईंटेलले बताए।
   प्रजिता कलेक्सन सञ्चालनमा आएसंगै ग्राहकहरूको भीड बढेको छ।