बिर्तामोड। झापाको शिवसताक्षीमा दोस्रो झापा महिला गोल्डकपको धमाधम भइरहेको छ ।
शिवसताक्षीस्थित दुधे रंगशालामा आगामी मंसीर ५ गतेदेखि मंसीर १२ गतेसम्म दोस्रो झापा महिला गोल्डकप हुने भएको झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले बताए।
  दोस्रो झापा महिला गोल्डकपका बिजेतालाई ११ लाख रुपैयाँ, उपबिजेतालाई ५ लाख ५० हजार रूपैयाँसहित मोस्ट भ्यालुएबल प्लेयरलाई एक लाख ५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक,उच्च गोलकर्तालाई २५ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रूपैयाँ, ट्रफि प्रदान गरिने उनले बताए।
  प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ, नेपाल पुलिस क्लब, भारत, भुटान, ए डिभिजन क्लबका महिला टीम र कोशी महिला खेलाडीहरूसम्मिलित आयोजक टीमलगायतको सहभागिता रहने उनले बताए।
  उनले प्रतियोगिताको प्रत्येक टिकटको १० रूपैयाँ आदिवासी नेत्रहिन संघ र अटिजम भएका बालबालिका अध्ययनरत एक विद्यालयलाई प्रदान गरिने बताए।
कार्यक्रममा प्रतियोगिताका संरक्षक शिवसताक्षी नगरपालिकाका  नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, सल्लाहकार संयोजक तथा झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
   कार्यक्रमको सञ्चालन प्रतियोगिताका सचिवालय संयोजक तथा खेल पत्रकार हिमाल खरेलले गरेका थिए।