झापाका पानि उद्योगमा मन्त्रीको अनुगमन, दुईमा सिलबन्दी अन्यलाई चेतावनी

झापाका पानि उद्योगमा मन्त्रीको अनुगमन, दुईमा सिलबन्दी अन्यलाई चेतावनी

झापा । झापाका बिभिन्न पानि उद्योगहरुमा अनुगमन गरि मापदण्ड बिपरीत सञ्चालित उद्योगहरुलाई सिलबन्दी गरिएको छ ।

प्रदेश नम्बर एकका सामाजिक बिकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा आएको अनुमन टोलीले मापण्ड बिपरीत सञ्चालित पानि उद्योगहरुमा सिलबन्दी गरेको हो ।

झापा बुधावारेबाट उत्पादित जिरो अक्वा, बिर्तामोडको गोर्खा मिनरल वाटर उद्योगबाट उत्पादित मिराकी पानिलाई खाद्यप्रविधी तथा गुणनियन्त्रण कार्यालयको लाइसेन्स बिना सञ्चालित रहेकोले सिलबन्दी गरिएको प्रदेश नम्बर एक समाजिक बिकासमान्त्रालयका उपसचिव गोपी घिमिरेले जानकारी दिए ।

उनका अनुसार बिर्तामोडको तृस्णा पनिमा एमआरपी नलेखी बजारमा पठाउने गरिएको छ । पानि फिटिङ्गको कोठा सेभरेट नभएको, स्टिलको पाईप लाउनु पर्ने ठाउँमा प्लास्टिकको लाईएकोले तुरुन्त सुधार गर्न सुझाप दिइएको छ ।
उता शनिचरेको पिउरीकम पानिका सञ्चालक भने अनुगम टोली आएको सुईकोपाए पछि उद्योग बन्द गरेर भागेका थिए ।
सामाजिक विकास मन्त्री घिमिरेले तत्काल देखिने त्रुटिहरुलाई नियमावली अनुसार कारवाहीको निर्देशन गर्ने र आँखाले देख्न नसकिने त्रुटिहरु हुनसक्ने भएकाले उद्योगको पानि सेम्पलको लागि लागेर ल्यावटेस्ट पछि पानि पिउन योग्य अयोग्य के रहेको छ झापामा नै पत्रकार सम्मेलन गरि जानकारी दिने बताए ।

आठवटा पानि उद्योगहरुमा अनुगमन गर्दा दुईवटामा सिलबन्दी गरिएको छ । अनुगमन प्रदेश नम्बर एकको सामाजिक बिकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा, खाद्यप्रविधी तथा गुणनियन्त्रण कार्यालय लागायतका प्रतिनिधीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )