माधवकुमार नेपाल कार्यक्रम छाडेर बाहिरिए पछि …..

माधवकुमार नेपाल कार्यक्रम छाडेर बाहिरिए पछि …..

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमस्थलबाट एकाएक बाहिरिएका छन ।

राजधानीको प्रज्ञा पतिष्ठानमा आयोजित कार्यक्रमबाट नेता नेपाल एक्कासी बाहिरिनुलाई सबैले आश्चार्य मानेका छन् । तर यसको अन्तर्य असन्तुष्टी रहेको नेपाल पक्षीय नेताहरुको भनाई छ ।

नेकपाको सचिवालयले हिजो टुंग्याएको ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम पढेपछि नेतृत्वसँग सांकेतिक असन्तुष्टी जनाउन नेता नेपाल कार्यक्रम छाडेर बाहिरिएका हुन् ।

७७ जिल्लाका नेतृत्वका नाम हेरेपछि नेपाल बाहिरिनुले सबैलाई केहि सशंकित पारेको हो । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )