स्थानीय तहका योजना प्रदेशले दोहोर्‍याउनु गलत

स्थानीय तहका योजना प्रदेशले दोहोर्‍याउनु गलत

भगीरथ भण्डारी
इलाम । स्थानीय तहका योजना प्रदेश सरकारले दोहोर्याएर गलत गरेको भन्दै स्थानीय तहका प्रमुखले आपत्ति जनाएका छन । स्थानीय तहमार्फत कार्यान्वयन हुने योजनामा समेत प्रदेश सरकारले बजेट विनियोजन गरेको उनीहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्र इलामले बजेट विनियोजन गरेपछि स्थानीय तहले बनाएका योजनामा बजेट दोहोरीएको पाइएको छ । नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजक एवं इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भन्नुभयो, ‘स्थानीय तहको कार्यक्रमसँग दोहोरिने गरी कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ ।’ किसानलाई समेट्ने किसिमका योजना स्थानीय तहमा बनिसकेका छन बरु प्रााविधिकको समस्या स्थानीय तहमा छ बरु योजना जुधाउनुभन्दा प्रााविधिकको व्यवस्था प्रदेश कार्यलय मार्फत गरिदिए हुने बस्नेतको भनाई छ ।

रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले स्थानीय तहलाई विनियोजन गर्नुपर्ने बजेट ज्ञान केन्द्रमा आएको बताउनुभयो । प्रदेशले शसर्त अनुदानमा विनियोजन गरेको बजेट प्रदेश र स्थानीय तहका कार्यक्रममा दोहोरिएको राईले उल्लेख गर्नुभयो । बस्नेतले भन्नुभयो, ‘समानान्तर प्रकृतिका कार्यालय खारेज गर्नुपर्ने, स्थानीय तहलाई जनशक्ति र स्रोतको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ तर प्रदेशले बनाएका योजना हाम्रा योजनासँग दोहोरिएका छन ।’

कृर्षिका योजना साविकको कृषि विकास कार्यालयलाई नाम परिवर्तन गरेर कृषि ज्ञान केन्द्र बनाइएपनि पुरानै शैलीमा कार्यक्रम निर्धारण गरिरहेको उहाँको भनाई छ । नाम ‘कृषि ज्ञान केन्द्र’ राखिए पनि काम कृषि विकासकै जस्तो भएको हुनाले नाम अनुसारको काम भएन नभएको भन्दै बस्नेतले आपत्ती जनाउनुभएको छ  ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )