बिर्तामोड । झापाको विर्तामोड –७ मा रहेको बेल्स मोडेल स्कुलले दुई जना नृत्य प्रशिक्षकलाई सम्मान गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापा बिर्तामोड नगर समितिद्वारा आयोजित पालिकास्तरिय नृत्य प्रतियोगितामा दुइवटा विधामा बेल्स मोडेल स्कुललाई  विजयी बनाएको भन्दै नृत्य प्रशिक्षकहरु अमित प्रसाईं र अस्रफ खानलाई सम्मान गरिएको वेल्स मोडेल स्कूलका प्रिन्सिपल तारा कुमार प्रसाईले जानकारी दिए ।

प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत बिर्तामोडस्थित कोहेड कलेजमा भएको पालिकास्तरिय प्राथमिक, निम्न माध्यमिक र माध्यमिकतहको नृत्य प्रतियोगितामा बेल्स मोडेल स्कुल प्राथमिक र माध्यमिक तहको नृत्य प्रतियोगितामा विजयी भएको उनले बताए ।

प्राथमिक तह(कक्षा १–५ )अन्तर्गतको सामुहिक नेपाली आधुनिक गीत नृत्य प्रतियोगितामा र माध्यमिक तह (कक्षा ९–१२ )को सांस्कृतिक नृत्य प्रतियोगितामा बेल्स मोडेल स्कूल प्रथम भएको उनले बताए ।

प्रतियोगिताका प्रथमले आगामी पुस १ र २ गते दमकको पशुहाटमा हुने प्याब्सन झापाको जिल्लास्तरिय प्रतियोगीतामा भाग लिने उनले जानकारी दिए ।