अनाथ बालबालिकालाई आदर्शले दियो लत्ताकपडा

झापा।  आदर्श युवा ग्रुपले स्वबोध साधना केन्द्र मेचीनगर ९ मा आश्रित अनाथ बालबालिकाहरुलाई शनिबार १० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा सुख्खा खानेकुरा प्रदान गरेको छ ।

शनिबार साँझ केन्द्रको परिसरमा २३ जना बालबालिकाका लागि २३ थान कपडासहित मुरै, रमपमलगायतका सुख्ख खानेकुरा प्रदान गरिएको हो ।

आदर्श युवा ग्रुपका अध्यक्ष युवराज आचार्य र उपाध्यक्ष राजेश धिमालले सो सामग्री केन्द्रका बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।

गएको तिहारमा ग्रुपले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरिएको रकमले सो सहयोग गरिएको क्लबका अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )