साना मझौलाको १२औं स्थापना दिवस

साना मझौलाको १२औं स्थापना दिवस

बिर्तामोड । झापाको विर्तामोड –१ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १२ औं स्थापना दिवस मनाएको छ ।

संस्थाले १२औं स्थापना दिवसको अवसरमा बिर्तामोड –२ चारपानेमा रहेको सांगबेद संस्कृत माध्यमिक विद्यालयमा आवासिय रुपमा रहेका विद्यार्थीहरुलाई तीन छाक खाना बराबरको रकम प्रदान गरेको हो ।
संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेका थिए ।
कार्यक्रममा साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्दुराम भण्डारी र प्रधानाध्यापक दामोदर न्यौपानेलाई विद्यालयमा आवासिय रुपमा रहेका विद्यार्थीहरुलाई खुवाइने तीन छाक खाना बराबरको १५ हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

त्यस्तै सोही कार्यक्रममा विवेकाश्रममा संस्थाले स्थापना गरेको अक्षयकोषका लागि ६ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव छबीरमण अधिकारीले गरेका थिए ।
संस्थाले १२औं स्थापना दिवसको अवसरमा परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खुवाइने एक छाक खाना बराबरको चार हजार रुपैयाँ प्रदान गरेको संस्थाका व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिए ।

संस्थाले १२औं स्थापना दिवसको अवसरमा यसअघि बिर्तामोडमा सहकारी शिक्षा अभिमुखीकरण तालिम र सुरुङ्गामा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरिएको संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले जानकारी दिए ।
संस्थामा हाल शेयर सदस्य चार हजार पाँच सय २७ जना, शेयर पूँजी ६ करोड ८९ लाख ४९ हजार आठ सय, निक्षेप २१ करोड ३८ लाख ४८ हजार नौ सय ३३ , ऋण लगानी २९ करोड २५ लाख आठ हजार ६ सय ९८ रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )