विर्तामोडमा माहेश्वरी महिला मञ्च मेची विर्तामोडको श्रावणी मेला

विर्तामोडमा माहेश्वरी महिला मञ्च मेची विर्तामोडको श्रावणी मेला

बिर्तामोड । झापाको विर्तामोडमा दुईदिने श्रावणी मेला सम्पन्न भएको छ ।

‘नारीको पहिचान समाजको शान भन्ने नारासहित माहेश्वरी महिला मञ्च मेची विर्तामोडको आयोजनामा बिर्तामोडको सिटीसेन्टरको साइ पार्टी प्यालेसमा सञ्चालन गरेको श्रावणी मेलामा झापा, मोरङ , सुनसरी, बीरगञ्जका विभिन्न प्रकारका सामग्रीहरुको ३२ वटा स्टलहरु राखिएको थियो । श्रावणी मेलामा मुख्य गरि महिलाहरुको लागि चाहिने श्रृंगार, ज्वेलरी, बुटीक, लत्ताकपडा, भान्छामा प्रयोग हुने सामग्री, वैंकिङ सेवा परामर्श ,क्यालिग्राफी हेण्डराटिङ कक्षा , मेहन्दी स्पेयलिष्ट, शुद्ध खानेपानी ,अग्र्यानिक खाद्य सामग्री , खानेकुराका परिकारहरुको स्टल राखिएको माहेश्वरी महिला मञ्च मेची बिर्तामोडकी सचिव सुधा तोसनिवालले बताइन् ।

महिलाहरुलाई उद्यमशिल र व्यवसाय गर्न प्रोत्साहन गर्न सघाउ पुर्याउने उदेश्यले श्रावणी मेला आयोजना गरिएको माहेश्वरी महिला मञ्च मेची बिर्तामोडकी अध्यक्ष रिता चित्लाङगीयाले बताईन् । उनले महिलाहरु घरको चुलाचौकामा मात्र व्यस्त भएर पनि आफ्नो सीप दक्षताले विभिन्न सामग्रीहरु उत्पादन गर्ने भएकाले उनीहरुको व्यवसाय प्रवद्र्धन गर्न श्रावणी मेला आयोजना गरिएको बताइन् ।

सहारा नेपाल सकोसलगायतको प्रायोजन रहेको श्रावणी मेलाको उद्घाटन विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिईन् । दुई दिनसम्म सञ्चालन भएको श्रावणी मेलामा पाँच हजार भन्दा वढीले अवलोकन गर्नुका साथै आफूलाई चाहिने सामग्री खरिद समेत गरेका थिए । श्रावणी मेलामा सहभागी माहेश्वरी समाज मेची बिर्तामोडका अध्यक्ष महेश चित्लाङगियाले श्रावणी मेलाले महिलाहरुलाई आफ्नो व्यवसाय प्रवद्र्धन गर्न मद्यत मिलेको बताए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले श्रावणी मेलामा स्टल राख्ने व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् भने झापाका प्रमुख जिल्ला अधिकारी छबी रिजालले श्रावणी मेलाको प्रायोजन गर्ने व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )