रोकिएला त दशगजाको अतिक्रमण ?

झापा ।  दशगजाको अतिक्रम रोक्न नेपाल र भारतका सुरक्षा निकाय सहमत भएका छन् ।

ताप्लेजुङदेखि झापा हुँदै सुनसरीसम्मको दशगजा अतिक्रमण रोक्ने सहमती भएको हो ।

भारतको बिहार राज्यस्थित किशनगञ्जमा नेपाल–भारत बोर्डरको प्रशासन तथा प्रहरी प्रमुखसँग भएको सीमासम्बन्धी बैठकमा दुवै देशका सुरक्षा निकाय सीमा अतिक्रम रोक्न सहमत भएको जनाइएको छ ।

दशगजा अतिक्रमण भए भारतसँगको सहकार्यमा स्थलगत सर्वे गरी अतिक्रमण हटाइने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए ।

सीमास्तम्भ हराए वा भत्किएको भए त्यस ठाँउमा नयाँ पिलर राख्ने सहमती भएको छ ।

सीमासम्बन्धी मुद्दा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले छलफल गरी टुंगो लगाउने सहमती भएको छ । बैठक बिहार सुपौल डिएम वैद्यनाथ यादवको अध्यक्षतामा भएको थियो ।

नेपालका तर्फबाट बैठकमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका प्रशासन प्रमुख तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको सहभागिता थियो ।

भारतको तर्फबाट सुपौल, दार्जिलिङ, किशनगंज र सिक्किमका प्रशासन प्रमुख, एसएसबी, भारतीय प्रहरी प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )