झापाका एक युवक इलाममा मृत भेटिए

इलाम ।  अनारमनी, झापा घर भै इलामको एउटा ग्यारेजमा काम गर्ने दिपक राउत सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार स्थानीय गोपाल राईको इलाम नगरपालिका –५, बिब्ल्याँटेमा रहेको मोटर ग्यारेजमा काम गर्ने दिपक राउत ग्यारेजको भूइँमा सुतेको अवस्थामै मृत फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत इलाम प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )