मेची शाखा बन्यो नेपाल पशुपन्छी औषधी व्यवसायी संघमा उत्कृष्ट

झापा । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ ११ औं राष्ट्रिय महाधिवेशनमा उत्कृष्ट शाखाको रुपमा मेची शाखा पुरस्कृत भएको छ ।

पोखरामा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा देशभरका २० वटा शाखा मध्ये उत्कृष्ट शाखाको रुपमा पर्न सफल मेची शाखालाई कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य रविन्द्र अधिकारीले उत्कृष्टताको प्रमाण पत्र प्रदान गरेका छन् ।

यसैबीच ११ औं राष्ट्रिय महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागी अध्यक्षमा चित्र गुरुङ्ग चयन भएका छन् ।

उपाध्यक्षमा भुपेन्द्रप्रसाद गौतम, भवनराज वराल, विष्ण्ुाप्रसाद बुर्लाकोटी चयन भएका छन् ।

त्यस्तै महासचिवमा यज्ञराज ढकाल, सचिव सुरज योगी र कोषाध्यक्षमा रितेश रिमाल चयन भएको निर्वाचन अधिकृत शिवराम तिम्सिनाले जानकारी दिए ।

त्यस्तै प्रदेश सदस्यतर्फ प्रदेश नम्बर १ बाट क्रमशः दिलकुमार लामिछाने,खअमन गोपाल गुरुवार्चाय ,नारायण बहादुर भुजेल, मोतिप्रसाद पौडेल, बाबुराम बराल, ओमदत्त भारती र अर्जुन नेपाल चयन भएका हुन् ।

खुल्ला सदस्यतर्फ नारायणप्रसाद सापकोटा, सादुराम ढकाल, कर्ण्प्रिय राना, धर्मराज अधिकारी रहेका छन् भने महिला सदस्यमा धनकुमारी अधिकारी (पाण्डे), रहेकी छिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )