छानिए १८ सुन्दरी

बिर्तामोड ।  एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगी छनौटमा परेका छन् ।

सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते विराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा समेत छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिए ।

यो पटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगिलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ ।

छनौट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रवन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसईई २०१७ की फ्रस्ट रनरअप रिया आचार्य र एजुकेशन एण्ड माइग्रेसन कर्नरका बिर्तामोड शाखा व्यवस्थापक अग्नी प्रसाई थिए ।

प्रतियोगिताको बन्द शत्र आगमी बेशाख दोस्रो साताबाट सुरु हुनेछ । मिस एसईई लगत्तै ड्रिम्स वल्र्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसनसमेत बुधबारै गरिएको छ । जसमा ८ जना युवती छनौटमा परेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )