गठबन्धनबारे यसो भने सुवास नेम्वाङले

इलाम । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।

सोमबार फाकफोकथुम गाउँपालिका–४ फुएँतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अबको निर्वाचनमा वाम गठबन्धनले दुई–तीहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए ।

‘पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,’ उनले भने, ‘समृद्ध नेपालको आधार तयार भएको छ, यसकै आधारमा हामी देशलाई समृद्ध बनाउँछौँ ।’

अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको उनको भनाइ थियो । वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि नभएको नेम्वाङले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )