प्रविधिसंग नागरिक जोड्दै जनप्रतिनिधि, चाराआली चोकमा फ्रि वाईफाई

झापा । झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा शत्रुवारबाट फ्रि वाईफाई सेवा सुरु गरिएको छ । सूचना र प्रविधिको बढ्दो मागलाई ध्यान दिएर यो सेवा सुरु गरिएको वडा नम्बर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले बताए ।

वडामा छुट्टिएको बजेट बाट चारआली चोकमा  एक कार्यक्रमका बिच सो सेवाको उदघाटन गरिएको हो । २ सय मिटर आसपासका स्थानियहरुले निशुल्क रुपमा पाउने सो सेवा २४ घण्टामा एक मोबाईलमा ९० मिनेट सम्म चल्ने छ ।
सो सेवाको आज चारआली चोकमा एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ । निरु परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडाध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वाईफाई सेवाको उदघाटन गर्र्दै सिग्देलले मेचीनगर १३ को यो अभियान सम्भवत झापामै पहिलो रहेको बताए । यसले स्थानिय जनतालाई सेवा सगै वडाबाट लिने अन्य कामका बिषयमा जानकारी लिन सुविधा हुने बताए । कार्यक्रममा ऋषि राजवंशी,कुमार राना मगर,सरद शिवाकोटी लगायतले बोलेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )