ओलीलाई देउवाको प्रश्नः मैले बम पड्काएको हो र ?

काठमाडौं ।  उम्मेदवारको सुरक्षालाई लिएर विपक्षीले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने मैले बम पड्काएको हो र ? भन्ने प्रश्न गरेका छन् ।

पछिल्लो समय कांग्रेस तथा वाम गठबन्धनका उम्मेदवारलाई लिएर बम विस्फोटका घटना भइरहेको छ ।
सुरुमा आफ्ना उम्मेदवारहरुलाई मात्र लक्षित गरी आक्रमण भएको भन्दै वाम गठबन्धनका नेताहरुले सरकार र विप्लव माओवादीको साठगाँठ रहेको बताएको थिए ।

तर, पछिल्लो पटक नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी एम्बुस विस्फोट गराएपछि विपक्षीले उम्मेदवारको सुरक्षा मागेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले हालै मात्र प्रधानमनन्त्रीले भएको गृहमन्त्रीलाई विना विभागीय बनाएको र बम पड्किरहँदा पनि मन्त्री नियुक्त नगरेको बताएका थिए ।

बुधबार आफ्नै निवास बालुवाटारमा पत्रकार महासंघको टोलीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले ओलीको आलोचनाप्रति संकेत गर्दै भने, ‘बम मैले पड्काएको हो र ?

उनले उम्मेदवारलाई लक्षित गरी भइरहेको विस्फोट लगायतका गतिविधि बन्द गर्न पनि आग्रह गरे ।उनले आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनाव कुनै हालतमा नसर्ने भन्दै ओलीले झुटो प्रचार गरेको बताए । उनले भने, ‘ओलीजीले गैरजिम्मेवार अभिव्यक्ति दिनु भएको छ ।’

आफू चुनाव गराउन लागिपरेको बताए ।प्रधानमन्त्री देउवाले चुनावलाई सफल बनाउन संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )