हिकोला होटलको सेवा बिस्तार हुँदै: काँकडभिट्टामा

हिकोला होटलको सेवा बिस्तार हुँदै: काँकडभिट्टामा

बिर्तामोड । स्थापनाको पाँचौ बर्ष प्रबेश गरिरहँदा यहाँस्थित हिकोला हेरिटेज होटलले सेवा बिस्तार गर्ने भएको छ ।

उक्त होटलले आफ्नो शाखा काँकडभिट्टामा सञ्चालन गर्न लागेको हो । सो होटलमा ज्याकुजी सहित भआिइपी स्पाको सुविधा भएको, उच्चस्तरीय २१ वटा डिलक्स रुम भएको होटलमा लिफ्टको सुविधा भएको, १५० जना अट्ने एउटा र १०० जना अट्ने दुई वटा कन्फरेन्स हल भएको, ६० जना क्षमताको रेष्टुरेन्ट एण्ड बार र २५ जना सम्मलाई एकैपटक स्वागत गर्ने स्वागत कक्ष, पर्याप्त पार्किङ सुविधा भएको होटल बिजयदशमीको अवसरमा समुट्घाटन गर्ने लक्ष्य लिएको होटल हिकोला हेरिटेजका अध्यक्ष देबिभक्त क्षेष्ठले जानकारी दिएका छन् ।

सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने घोषण गरेपछि यस अभियानलाई सफल पार्न यसरी खुलेका होटलको ठूलो योगदान हुन्छ ।

नेपाल पर्यटनको ठूलो सम्भावना भएको देश भएर पनि सुविधा र पुर्वाधारयुक्त होटेलले पर्यटन प्रवद्घनमा ठुलो भुमिका खेल्छ ।, श्रेष्ठले भने, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा सम्पन्न, आकर्षक होटल अहिलेको पहिलो आवश्यकता हो ।

यही आवश्यकतालाई मध्य नजर गर्दै पुर्वी नेपालको पर्यटन प्रवद्घनमा टेवा पुयाउनेउदेश्यका साथ होटल हिकोला हेरिटेज स्थापना २०७२ भदौ ४ गते भएको थियो ।

होटलले दिदैँ आएको उत्कृष्ट सेवाले पाँचौँ बर्षमा प्रवेश गरेको दिन बार्षिकोत्सब समारोह पनि सम्पन्न गरेको छ । यसै अबसरमा नेपाली संगीत क्षेत्रकी तारा भनेर चिनिने मीरा राणा र गायक कर्णदाशलाई बिशेष सम्मान गरियो । प्रदेश साँसद् एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायक द्धयलाई सम्मा सहित भब्य कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

यो होटलमा हालसम्ममा देशका प्रधानमन्त्री, प्रधानन्यायाधीश, पुर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, राजदुत, राजनीतिज्ञ, धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरु, साहित्य , सङ्गीत र कला क्षेत्र लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको आगमन होटल भएको छ ।

बार्षिकोत्सवको दिन कलाकार मीरा राणा र कर्ण दासले आफ्नो बेजोड साङ्गीतिक प्रस्तुति गरेको होटल हिकोला हेरिटेजका अध्यक्ष देवीभक्त क्षेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (1 )