यसरी सुशासन आउला र ? (सम्पादकीय )

यसरी सुशासन आउला र ? (सम्पादकीय )

यतिबेला फेरि प्रतिगामी शक्तिले आतंकको हतियार प्रयोग गर्न थालेको आभाष मिल्न थालेको छ । खासगरी राजा फर्काउने प्रयास स्वरुप अहिले चारैतिर बिभिन्न बहानामा चालहरु चालिन थालेका छन् ।

त्यो कतै रबी लामिछानेका नाममा वा कतै ज्ञानेन्द्र शाहीका बहानामा । त कतै भ्रष्टाचार बिरोधी अभियानका नाममा र कतै माओबादीका नाममा । जताबाट भएपनि यतिबेला चालिएका यी कदमहरु आतंकका छाया मात्र हुन् ।

मुलतः यो अबस्था ल्याउन र आउनुमा केबल त्यो पक्ष मात्र जिम्मेबार देखिँदैन । कता कता सरकारी निकायको लाचारीपन पनि जिम्मेबार हुन्छ । आज पनि सरकारका कतिपय निकाय र कर्मचारीहरुका घुसखोरी प्रबृत्ति उस्तै मात्र छैन, अझ बढी छ ।

सरकारका धेरै अड्डा आजपनि चरीखाने अड्डाकै रुपमा कार्यरत छन् । यो परिबर्तन त आयो तर आजपनि सरकारी खर्च गर्ने परम्परा उस्तै छ । अहिले भदौ सकिन लाग्यो । तरपनि नयाँ कामको सुरुवात भएको छैन ।

अर्थात्, पूरानै मनोबृत्ति कायमै छ । बरु अझ बढेको छ । तब किन बढ्दैन त, आतंकको छाया । तब किन बढ्दैन त, डरको शासन । संघीयतालाई प्रयोग गर्ने की उपयोग भन्ने प्रश्न उब्जिदै गएको छ ।

संघीयतालाई उपयोग गरेर पूरानै ढरर्राको शासन, प्रशासन चलाउने हो भने किन चाहियो संघीयता ? किन चाहियो, स्थानीय शासन ? अहिले जनताले केबल यो प्रश्नको उत्तर मात्र खोजेका छन् । आतंक चाहेका छैनन ।

तसर्थ, सरकारी निकायले पहिले यो प्रश्नको उत्तर दिए मात्र आतंकको छाया बिलाउने छ । तब मात्र शान्तिको शासन स्थापित हुनेछ । उही शैली, उही प्रशासन र उस्तै कार्यशैलीका बीच कसरी सुशासन आउला र ?

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )