मरेको राजतन्त्र फर्कदैन-उपप्रधानमन्त्री पोखरेल

मरेको राजतन्त्र फर्कदैन-उपप्रधानमन्त्री पोखरेल

झापा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशमा कोहि सडकमा उफ्ररंदैमा देशमा मरेको राजतन्त्र नफर्कने बताउनुभयो । संविधान तथा रास्ट्रय दिवसको अवसरमा आज झापाको बिर्तामोडमा नेकपा झापाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राजतन्त्र फर्काउंछु भन्नेहरूलाई दिवा सपना नदेख्न चेतावनि दिनुभयो ।

कुनै हालतमा अब राजतन्त्र नफ्रकर्ने बताउँदै उहाँले राजतन्त्र र प्रतिपक्ष पक्षधरहरूले सरकारका विरुद्ध भर्म छरेको भन्दै सरकारका विरुद्अ रुवाबासि नगर्न चेतावनि दिनुभयो । उहाँले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न

सकिने बताउनुभयो । संविधानका कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताउनुभएको हो ।

संविधानका चुनौतीलाई चिर्दै संविधानको गतिशीलता प्रदान गरेर मुलुकलाई समृद्धि बनाउनुपर्ने उहाँको भनाइ रहेको थियो । उनले नेपालको संविधान विश्वकै उत्कृर्षट भएको बताउंदै अन्य देशमा नेपालको जस्तो संविधान नभएको बताउनुभयो ।

उहाँले सरकारले संविधान संशोधन गर्न नचाहेको भनेर भ्रम छर्न खोजिरहेको भन्दै । ‘सरकारले संविधान संशोधन गर्न नचाहेको भनेर केही समूहले भन्ने गरेका छन् । यो सत्य होइन,’ पोखरेलले भन्नुभयो ‘संविधानमा नै संशोधनको व्यवस्था गरिएकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।’ रक्षामन्त्री पोखरेलले संविधान हतारमा नभई विधि प्रक्रियाबाट जारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )