बिर्तामोडका सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोडका सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । बिर्तामोड नगरपालिका, पशुपक्षि शाखाको आयोजना र हार्ट नेपालको प्राबिधिक सहयोगमा बिर्तामोड क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउन थालिएको छ ।

यस अभियानको गरामनीबाट सुरुवात गरिएको छ ।

यस पटक यहाँका २०० बटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपक्षि शाखा प्रमुख साबित्राकुमारी दाहालले बताउनुभयो । यसका लागि बिर्तामोडका सबै बडामा यो शिबिर संचालन गरिने छ ।

असोज १३ गतेसम्म संचालित शिबिरमा बन्ध्याकरणसँगै रेविजबिरुद्धको खोप पनि लगाइनेछ ।
सो अभियान सुरु गर्दे नगरप्रमुख धु्रबकुमार शिबाकोटीले अभियानलाई सहयोग गर्न नागरिकलाई आह्वान गर्नुभयो ।

उहाँले यस्ता कुकुरका कारण बिभिन्न रोग र संक्रमण बढेका कारण सबैलाई कुकुर पक्रेर शिबिरमा पुर्याइ सहयोग गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा नगर उपप्रमुख पबित्रा महतारा प्रसाई, हार्ट नेपालका प्रमुख खगेश्वर शर्माले बोल्नु भएको थियो ।

कार्यक्रमको संचालन शाखाका कर्मचारी बिष्णु भट्टराईले गर्नु भएको कार्यक्रम नगर कार्यपालिका सदस्य चन्द्रकला पकुवालले गर्नुभएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )