इजरायली प्रविधिको गोवर ग्यास बिर्तामोडमा भित्रियो: घर – घरमा गोवर ग्यास जडान गर्दै बिर्तामोड नगरपालिका

इजरायली प्रविधिको गोवर ग्यास बिर्तामोडमा भित्रियो: घर – घरमा गोवर ग्यास जडान गर्दै बिर्तामोड नगरपालिका

बिर्तामोड । बिर्तामोडका कृषकले अब खाना पकाउने ग्यासको अभाव ब्यहोनु नपर्ने भएको छ । खाना पकाउने एलपी ग्यासको पटक – पटक अभाव भइरहदा आफ्ना नगरवासीलाई नगरले घर – घरमा एलपी ग्यास जडान थालेसंगै नगरका कृषकले ग्यासको अभाव व्यहोर्नु नपर्ने भएको हो । नगरले गत आर्थिक वर्ष एकसय घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोवर ग्यासको प्लान्ट जडान गरेपनि यस वर्ष दुई सय घरमा गोवर ग्यासका प्लान्ट जनाथ थालेसंगै नगरका कृषकलाई सहज भएको हो ।

नगरपालिकाले यस आर्थिक वर्ष दुई सय घरमा गोवरग्यासको प्लान्ट जडान गर्छ बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले भने – हामीले गतवर्षबाट घर – घरमा गोवर ग्यासका प्लान्ट जडान गर्न शुरु गरेका हौं यो कार्य निरन्तर जारी रहन्छ, अब नगरवासीले खाना पकाउन ग्यास पाइएन भनेर चिन्ता नगरे हुन्छ ।

वुधवार बिर्तामोड वडा नम्वर –४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होम वायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्दै अध्यक्ष शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोवर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गर्दै नगरले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

नेपाल वायोग्यास प्रवद्र्धन संघ प्रदेश नम्वर १ ले नगरमै पहिलो पटक इजरायली मोडलको वायो ग्यास जडान गरेको थियो । सात घन मिटरको गोवर ग्यास प्लान्ट नेपालकै लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने भन्दै नेपाल वायोग्यास प्रवद्र्धन संघ प्रदेश नम्वर १ का सचिव तथा लोक कल्याण गोवर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले दुई घण्टामै जडान गर्न सकिने यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्ने दावी गरे । उनले यो प्लान्ट जडान गर्दा खाल्डो खनी रहनु नपर्ने र व्याग जस्तै जमिनमाथि नै राख्न सकिने बताए । २० हजार रुपैयाँमै यो प्लान्ट जडान गर्न सकिने र यो ग्यास एक पटक भरेपछि चार घण्टासम्म चलाउन सकिने उप्रेतीले बताए । उनले भने – अब सिलिन्डर ग्यास विस्थापित गर्ने अभियानमा हामी लागि पर्छाै यसले गर्दा पशुपालक कृषकलाई र वातावरणलाई समेत फाइदा पुग्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )