शान्ति सम्झौताका १३ वर्ष, द्वन्द्वपीडितको कहानी उस्तै

शान्ति सम्झौताका १३ वर्ष, द्वन्द्वपीडितको कहानी उस्तै

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पुगेको छ ।

१३ बर्षको अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा छ । तर विस्तृत शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो संक्रमणकालिन न्याय निरुपणमा भने अझै अलमल भईरहेको छ । विशेषगरी पटक पटक सत्तामा पुगेका राजनीतिक दल तथा नेताहरुले चासो नदेखाउँदा द्वन्द्वकालिन मुद्दाहरु किनारा लाग्न सकिरहेका छैनन् ।

दलहरुबिच सहमती जुटन नसक्दा विस्तृत शान्ति सम्झौताअनुसार गठन भएका सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिहरुको छानबिन आयोग अहिलेसम्म पदाधिकारीविहिन अवस्थामा छन् ।सत्य निरुपण आयोगमा ६३ हजार भन्दा बढी उजुरिहरु परेका छन भने देशभरबाट तीन हजार भन्दा बढी अझै बेपत्ता छन् । द्वन्द्वपीडितहरुको उचित व्यवस्थापनमा सरकारले अझै ध्यान दिन सकेको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )