सार्क राष्ट्रप्रमुखबीच आज कोरोनाविरुद्ध ‘भिडियो कन्फ्रेन्स’

सार्क राष्ट्रप्रमुखबीच आज कोरोनाविरुद्ध ‘भिडियो कन्फ्रेन्स’

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि आवश्यक रणनीति बनाउन सार्क राष्ट्रले आज भिडियो सम्मेलन गर्ने भएका छन् । कोरोना भाइरस नियन्त्रणको उपाय खोज्न सार्क राष्ट्रबीच भिडियो सम्मेलन हुन लागेको हो ।

भिडियो सम्मेलन साँझ ५.१५ बजे हुने सार्क सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सम्मेलनमा कोरोना भाइरस नियन्त्रणबारे सार्क राष्ट्रप्रमुखहरुबीच भिडियोमार्फत छलफल हुनेछ । सम्मेलनमा कोरोना भाइरसबारे गम्भीर छलफल हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । सल्लाहकार भट्टराईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अनुसार सार्कका सबै राष्ट्रप्रमुखले भिडियो कन्फ्रेन्समा सहभागिता जनाउनुहुनेछ ।

भारतीय प्रधानमन्त्रीको प्रस्तावपछि प्रधानमन्त्री केपी ओलीले सार्कको अध्यक्षको हैसियतले आफ्नो राय व्यक्त गर्नुहुनेछ । ‘प्रधानमन्त्रीले सम्मेलनमा कोरोना भाइरस संक्रमणको अवस्था र त्यसको नियन्त्रणको लागि भइरहेको प्रयास र अनुभवबारे नेपालको तर्फबाट आफ्नो धारणा राख्नु हुनेछ’ उहाँले भन्नुभयो, ‘कोरोनाविरुद्ध अब कसरी अगाडि बढ्ने, त्यसबाटबाट उत्पन्न समस्या कसरी समाधान गर्ने ? भन्नेबारे भिडियो कन्फ्रेन्समा छलफल हुनेछ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )