झापाका सबै नाका सुनसान

झापाका सबै नाका सुनसान

झापा । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै भारतमा लगाइएको जनता कफ्र्यूका कारण भारतसँग सीमा जोडिएको झापाको विभिन्न नाका सुनसान बनेको छ ।

भारततर्फ सर्वसाधारणको आवत–जावतमा रोक लागेपछि काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, केचना लगायतका झापासँग सीमा जोडिएका सबै नाका ठप्प भएको हो ।

पूर्वी नाका काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मी मात्रै छन् ।

सर्वसाधारणको आवागमन ठप्प हुँदा भारतका विभिन्न शहरमा कार्यरत तथा बंगलादेशमा अध्ययनरत नेपाली कफ्र्यूका कारण भारतमै अलपत्र परेका छन् । भारतमा बिहानैदेखि जनता कफ्र्यू लागेकाले नाका ठप्प भएको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बताउनुभयो ।

उहाँले समेत कोरोना भाइरस भित्रन नदिन नेपालतर्फ पनि नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको बताउनु भएको छ ।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारी गरिएको छ ।

जस अन्तर्गत भद्रपुर र मेचीनगरमा क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । त्यस्तै, बजार पसल, हाटबजार, अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )