भर्च्र्युअल मनको भर्च्र्युअल कथासंग्रह : मनोनेट

भर्च्र्युअल मनको भर्च्र्युअल कथासंग्रह : मनोनेट

गौरीशंकर पुस्तक पसल बिर्तामोड, जुन मैले बिर्तामोडमा शिक्षण गर्न थाले चिने जानेको पसल हो । २०६२ साल तिर यो पुस्तक पसल एउटा ठेलामा थियो । पसल साहुसँग चिनजान थिएन । त्यति बेला म काठमाडौ पोस्ट बिहानै लिन जान्थे, पत्रिका पढ्दै चिया, चुरोट पिउँथे । यो बिहानको दैनिकी थियो ।

अहिले त्यो छैन । तर, गौरीशंकर पुस्तकसङ्गको सम्बन्ध अझै गाढा छ, अझै मैले पत्रिका लिने त्यही पसल हो । अहिले पसल साहु अर्जुन गिरी, माया गिरीसँग राम्रो सम्बन्ध छ । यो प्रसङ्ग किन उल्लेख गरेको भनेर भन्दा यति वर्ष चिनजान भइरहदा अर्जुन र मायाजिले मलाइ नयाँ किताब भएमा सधै सुझाउनु हुन्थ्यो । म लिन्थे ।

यसै २०७६ को मंसिर तिर हुनु पर्छ । अर्जुनजिले लु यो तीर्थजिको किताब भनेर दिनु भयो । ब्यागमा राखें, तुरुन्तै पढिन ।

तीर्थ सिग्देलको नाम सुनेको हो पहिल्यै । पत्रकार, स्थानीय पत्रिकामा बारम्बार पढिएको नाम । फाट्ट्फुट्ट कार्यक्रम, पत्रिका, फोटो तिर देखेको । जति बेला फेसबुक थिएन । ठ्याकै उहाँसँग परिचय भएको मिति याद नभए पनि अहिले चिनजान राम्रै छ ।

पुस्तक प्रकाशन भएको फेसबुक, पत्रपत्रिकाबाटै थाहा पाएको हो, पढ्छु भन्ने पनि थियो । सायद मौका जुरेको थिएन । पुस्तक घर ल्याएको पनि दुई चार दिन भैसकेको थियो । पढ्ने किताब दुई चारवटा घरैमा थिए । अनि यसो प्रकाशक हेरें, बिर्तामोडकै । त्यति चासो लागेन । लाग्नु पनि किन ? काठमाडौ तिरबाट प्रकाशन भएका पुस्तक मात्रै राम्रा हुन्छन् भन्ने मानसिकता जो छ ।

हुन त मनोनेट झ शब्द के हो भन्ने नै थाहा थिएन । पुस्तक पछाडि लेखकको मन्द मुस्कान सँगै यो शब्दलाइ उजागर गरिएको रैछ । अनि पढ्ने मुड बनाएर पहिले, लेखकको भनाइ, अनि कथाक्रम । कथाको पहिलो कथाकै शीर्षकले मन जित्यो । त्यसपछी ऊ हराइ… । पढ्न थालें । कथामै हराएँ । पात्र रमेश र प्रमिशासँगै डुबें । एउटा यौनकर्मीलाई सद्मार्ग लगाएर फेरि उसै गरी हराएकी ती पात्र, जो आज पनि गुमनाम छिन् । पढ्दै गर्दा लाग्यो ती पात्र अहिले के गर्दे होलिन् ? कतातिर …

अर्को कथा जिन्दगीको पासवर्ड छ । जुन कथाले सिमान्त, साइरा र अबिनाश पात्र मार्फत सामाजिक संजालमाबाट प्रेममा कसरी परिन्छ र नतिजा के हुन्छ भन्ने कुराको अहिलेको अवस्थाको ज्वलन्त चित्रण गरिदिएको छ ।

अन्तिम सहारा कथामा पारपाचुके गर्दै कसरी अंश हात लाउछन, जुन अहिले विकृतिको रुपमा देखिएको छ ।

यसले अहिलेको हाम्रो समाजको अवस्थालाई यथार्थ चित्रण गरेको मैले ठानेको छु । मनोनेट जुन संग्रहको शीर्षक राखिएको छ, कथामा प्रकाश जो एयरपोर्ट्मा छ ।

उसको भेट अपरिचित कला र उसकी दुई बर्षिय छोरीसँग हुन्छ । उक्त भेटले आफ्नै परिवारिक बिछोडको सम्झनाको मनोवाद र अबोध बालिकाको निर्दोषपनल पाठकको मन तानिहाल्छ । यस्तै दोमन, पहिलो खुशी, बिद्रोहको घाउ, सितादेवी, कुमारी केटी, बाँच्ने रहर जस्ता कथाहरु समेटिएका छन जुन अहिलेको परिवेशमा पढ्नु पर्छ ।

जसले एउटा मनोबिज्ञानलाई झल्काएको मात्र छैन, बितृष्णाले जिबन त्याग्न लागेकाहरुलाई जिवन के हो ? र, किन र कसरी बाँच्ने भनेर सिकाएको छ ।

बिशेषतः तीर्थ सिग्देलको मनोनेट कथा संग्रह अहिलेको युवा समाजको दर्पण हो । मनोविज्ञान हो । युवामा देखिने मनोवृत्तिलाइ केही कथाले प्रविधिको युगसँगै प्रेम पनि भर्च्युअल हुन्छ । मन पनि भर्च्युअल नै हो भन्ने प्रष्ट पारेको छ ।

आफ्नै सेरोफेरोमा देखिने गरेका घटना परिघटनालाइ सरल एव टिनएजर्स एवम् मौलिक भाषामा लेखिएको कथासंग्रह हो यो ।

द्वन्द्वकालमा घटेका मसिना कुरालाइ एउटाको जिवनमा परेको पिडाको कथा पनि पढ्न सकिन्छ यसमा । प्रायः कथाहरुमा बिद्रोह, संहर्ष, नारी संघर्ष, पीडा, अन्तरमनोबाद जस्ता विषयले कथालाइ मजबुद बनाएको छ ।

रमाइलो र फेन्टास्टिक रुप प्रदान गरिएको कथाहरु पनि छन् मनोनेटमा । यसरी नै समाजमा ब्याप्त सुक्ष्म तथा गम्भीर विषयलाई समेत कथाको विषयवस्तु बनाइएको छ । यो लेखकको नौलो प्रयोग हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )