माग्नेहरुको देशः बंगलादेश

माग्नेहरुको देशः बंगलादेश

कतिपय बिषय यस्ता हुँदा रहेछन् । त्यो देश अनुसारको पहिचान बन्छ । दुःखद् बिषय, हामीले बंगलादेश बसुन्जेल एउटा कुराको मसिनो गरी अध्ययन गर्यौं । के बंगलादेश माग्नेहरुको देश हो ? तपाई बंगलादेशको सडकमा जताततै पुग्नुस्, त्यहाँ माग्नेहरु हात पसारिरहेको देख्न सक्नु हुन्छ ।

यस्ता दृश्यलाई नियाल्दै गर्दा, यस्तो लाग्छ, बिस्तारै बंगलादेशको पहिचान फेरिएर माग्नेहरुको देशको रुपमा दरिदैछ ।

हुनतः माग्नु मान्छेहरुको बाध्यता होला । गरिबीको कारणले, अभावले र रोगले मान्छे सडकमा आउँछ । खान, लाउन, पढ्न र बिरामी पर्दा नै मान्छेलाई पैसाको खाँचो पर्छ । कतिपय अवस्थामा अपांग, अशक्त र कमजोर मानिसहरुलार्य यस्तो बाध्यता पर्छ । उसले बाध्य भएर माग्नु पर्छ । तर, त्यहाँको दृश्यले यो भन्दैन । सडकमा मागिरहेका मान्छेहरु, जसको पेशा नै माग्ने बनेको छ ।

कतिपय अल्पविकसित मुलुकहरुको हबिगत हो यो । नेपालमै पनि यस्ता दृश्य पर्याप्त देखिन्छन् । नेपाल बिर्सेर बंगलादेशलाई मैले यसरी आरोप लगाउन मिल्दैन । भारततिरका कथा अगाडि नै वर्णन भइसकेको छ । रेलमा माग्नेहरुले दिएको दुःख र पीडालाई बंगलदेशको सडकमा माग्न हतारिएका मान्छेहरुलाई देखेपछि बिर्सिएजस्तो भान हुन्छ । तैपनि स्मरण हुने बिषय बन्यो यो ।

किनभने नेपालमा पनि केही बर्ष अगाडि सडकमा माग्न नपाइने नियम आयो । यो पूरै कार्यान्वयन नभएपनि नियम भनेको नियमै हो, जसको पालना गर्ने काम त जनताको पो हो त । त्यता पनि माग्न नपाइने नियम होला नै । नभएपनि आफ्ना जनता सडकमा मागिरहेको दृश्यले त्यहाँका शासकहरुको मन पोल्छ की पोल्दैन ?

यस्ता अनेकन् प्रश्नको उत्तरको खोजीमा मनले सवाल जवाफ गरिरहेको समयमा कसैले कुममा हात राख्यो र भन्यो, …कुछ दिबेन न दादा
तर, मैले त्यहाँ बसुन्जेल कुनै पनि माग्नेलाई पैसा दिइँन ।

मान्छे जन्मदै गरिब हुँदैन । समयले, परिबेशले र कतिपय अवस्थामा आफ्नै कारणले ऊ गरिब हुन्छ । गरिबीलाई आर्थिक बिषयसँग मात्र जोड्ने प्रचलन छ । खासमा मान्छे पैसा नभएर वा पैसा कमाउन नसकेर गरिब भएको हुनसक्छ । अथवा, उसमा त्यो क्षमता नभएर पनि हुन्छ । तर, गरिबीलाई पैसासँग मात्र नजोड्ने हो भने मानिसहरुको मेहनत र परिश्रमको कदर गर्नुपर्ने हुन्छ ।

मेहनती मान्छे कहिले पनि भोकै पर्देन भनिन्छ । परिश्रमीले कुनै दुःख भोग्नु पदैन भनिन्छ ।

सडकमा माग्नेहरुका लाइन देख्दा मैले प्रोफेसर डा. मोहमद युनुसलाई सम्झिएँ ।

अब गरिबी संग्रहालयमा हुनेछ र संसारको अन्तिम गरिबले त्यो संग्रहालयको उद्घाटन गर्नेछ भन्ने उनको भनाई पनि सम्झिएँ । उनले बंगलादेशका गरिबहरुका लागि गरेका काम, उनकै कारण लघुबित्त मार्फत बंगलादेशका महिलाहरुले गरेको प्रगतिका कथा सुनें । करोडौं बंगलादेशीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेका घटना सम्झिएँ ।

अब गरिबी संग्रहालयमा हुनेछ र संसारको अन्तिम गरिबले त्यो संग्रहालयको उद्घाटन गर्नेछ भन्ने उनको भनाई पनि सम्झिएँ । उनले बंगलादेशका गरिबहरुका लागि गरेका काम, उनकै कारण लघुबित्त मार्फत बंगलादेशका महिलाहरुले गरेको प्रगतिका कथा सुनें । करोडौं बंगलादेशीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेका घटना सम्झिएँ ।

त्यसै कारण प्रोफेसर डा. मोहमद युनुसलाई नोबेल पुरस्कार दिइएको स्मरण गरें । गरिबहरुका नायक प्रोफेसर डा. मोहमद युनुसलाई मैले नभेटेपनि उनको बारेमा पढेका बिषयसँग सडकमा मागिरहेका मानिससँग तुलना गरें । र, मनमनै भने, भनेर मात्र नहुने रहेछ । भनेको कुरा पालना पनि गर्नुपर्ने रहेछ ।

जसरी प्रोफेसर डा. मोहमद युनुसले बंगलादेशलाई केन्द्र बनाएर माइक्रोफाइनान्सलाई मोडेल बनाए, त्यसरी नै मान्छेहरुले आत्मसात गरे त ? किन अझैपनि ती मानिसहरु सडकमा मागिरहेका छन् ? के उनीहरुलाई युनुसको त्यो माइक्रोफाइनान्सलाई मोडेलले समेट्न नसकेकै हो त ?

फेरि अन्र्तर्मनले भन्छ, प्रोफेसर डा. मोहमद युनुसले अगाडि ल्याएको माइक्रोफाइनान्सलाई मोडेललाई आज बिश्वले आत्मसात गरेको छ । आज हेर्न सकिन्छ, नेपालमा पनि धेरै यस्ता माइक्रोफाइनान्स कम्पनीहरु खुलेका छन् । जसले सहकारिताको मुल्य र मान्यता भित्र रहेर काम गरिरहेका छन् ।

गरिबका अर्थशास्त्री प्रोफेसर डा. मोहमद युनुसले प्रतिपादन गरेको यो सिद्धान्तले बंगलादेशले धेरै प्रगति गरेको छ । त्यै भएर नेपालका धेरै सहकारी संस्थाले बंगलादेशको सहकारी क्षेत्र र माइक्रोफाइनान्सको मोडेलको अध्ययनका लागि भ्रमणको सूची बनाउने गरेका छन् ।

प्रकाशोन्मुख पुस्तक एकदिन : समय कथाबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )