भारतीय तस्करद्वारा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

भारतीय तस्करद्वारा सीमामा खटिएका प्रहरीमाथि आक्रमण

झापा । झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सीमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । सीमामा खटिएका दुई प्रहरीमाथि भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो ।

उनीहरुले सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमि तिर छिराएको अवस्थामा स्थानिय नेपाली नागरिकले प्रहरीलाई बचाएको स्थानियले जानकारी दिए । स्थानियका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले बचाउ बचाउ भन्दै गुहार मागेपछि स्थानियले उद्दार गरेको उनीहरूकाे भनाइ छ ।

यस नाकाबाट हार्डवेयरका सामग्री तस्करी हुने गरेको थियो । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै हमला गर्ने गरी योजनाको साथ भारतीय तस्कर आएका थिए । केही व्यक्तिले सामान नेपालतर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घिसार्दै भारत छिराएको उद्दारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, ‘एकछिन ढिलो भएको थियो भने ठूलो दुर्घटना हुने थियो ।’

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठूलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिनुभयो । टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको भनेर फोन आएपछि तत्काल पुगेको र ठूलो दुर्घटना हुन नपाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )