पिउने पानी तथा सिंचाइमा साझेदारी

पिउने पानी तथा सिंचाइमा साझेदारी

बिर्तामोड । सहारा नेपाल साकोस र बिर्तामोड नगरपालिका बीच नगर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुमा पिउने पानी तथा सिंचाइमा गरिएको साझेदारी कार्यक्रम अन्तरगत चेक हस्तान्तरण गरिएको छ ।

सहारा नेपाल साकोसको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा गरिएको सम्झौता अनुरुप रकम हस्तान्तरण गरिएको सहारा नेपालका उप निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिनु भयो । बिर्तामोेड नगरपलिकाका प्रशासकीय अधिकृत देबराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको थियो ।

सहारा नेपाल साकोसले सो साझेदारी कार्यक्रम अन्तरगत बिर्तामोडका सामुदायिक बिद्यालयका बिद्यार्थीलाई शुद्ध खानेपानीको प्रबन्ध गर्नका लागि हाल चारबटा बिद्यायललाई १० लाखका दरले रकम हस्तान्तरण गरिएको छ भने १८ बटा सिंचाई कार्यक्रमका लागि जनही ४० हजारका दरले रकम प्रदान गरिएको सहारा नेपाल साकोसका संचालक सदस्य शंकरप्रसाद रिजालले जानकारी दिनुभयो ।

सहारा नेपालले बिभिन्न स्थानीय तहहरुसँग साझेदारिता कार्यक्रम अन्तरगत कृषि, शिक्षा, पशु र आवास निर्माणको क्षेत्रमा बिगतका वर्षहरुदेखि नै काम गरिरहेको छ ।

सो कार्यक्रममा बिर्तामोड नगर पालिकाका प्रशासकीय अधिकृत देबराज काकी, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, संस्थाका सह सचिव ज्ञानुनाथ मैनाली, सदस्य शंकरप्रसाद रिजाल, किसान कृष्ण ढुंगेल र बिद्यायलको तर्फबाट दामोदर न्यौपानेले बालेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )