पूर्व पत्रकारले दिए १४ सय मास्क

पूर्व पत्रकारले दिए १४ सय मास्क

गौरिगन्ज । झापाको गौरिगन्ज गाउपालिका निबासी पूर्व पत्रकार तथा अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य बिनोद रिसालले १४ सय थान मास्क र स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

रिसालले गाउँ पालिकालाई १४ सय थान मास्क र स्यानिटाइजर पठाएकोमा जुरोपानी गाबिस बडा नं २ का पूर्व बडा अध्यक्ष भूवनप्रसाद घिमिरे र समाजसेवी सुमन कार्कीले सो सामाग्री गाउँ पालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

यसरी स्थानीय जनतालाई कोरोना भाइरसको प्रकोपबाट जोगाउन सहयोग प्राप्त भएकोमा गाउँ पालिका अध्यक्ष श्रेष्ठले सहयोगदातालाई बिशेष धन्यबाद दिनु भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )