होटल हिकोला हेरिटेजको वार्षिकोत्सवको हार्दिक शुभकामना

होटल हिकोला हेरिटेजको वार्षिकोत्सवको हार्दिक शुभकामना

आदरणीय अतिथि दाजुभाइ तथा दिदीबहिनीहरु,
आजको बिषम परिस्थितिमा पनि यो होटल हिकोला हेरिटेजले सफलतापूर्वक ५ वर्ष पुरा गरेर छैठौं वर्ष प्रवेश गरेकोमा सर्वप्रथम हार्दिक शुभकामना ब्यक्त गदछौं । यस अवधिमा यस होटल हिकोला हेरिटेज प्रालिलाई माया, सद्भाव र सहयोग गरेरयोगदान पुर्याउनु हुने सम्पूर्ण राजनीतिज्ञ, सम्पूर्ण ब्यवसायी, सामाजिक ब्यक्तित्वहरु र महानुभावहरुप्रति आभार प्रकट गर्दछौं ।

होटल ब्यवसाय पर्यटन क्षेत्रको आधार हो । बाह्य तथा आन्तरिक पर्यटनको आधारस्तम्भको रुपमा परिचय झल्काउँदै एउटा छुट्टै पहिचान बनाउन सफल यो होटलले यस अवधिमा आफ्नो पहिलो शाखा नेपालको पूर्वी सिमाना काँकरभिट्टामा स्थापना गर्न सफल हुनु अत्यन्तै खुशीको कुरा हो ।

बिर्तामोडमा ०७२ सालमा स्थापना भएको यो होटललाई विभिन्न क्षेत्र, वर्ग, समुदायले अपार सहयोग र सद्भाव ब्यक्त गर्नु हाम्रा लागि गौरवको बिषय हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गरेर पहिलो शाखा खोलिएपनि कोभिड १९ को प्रकोपका कारण पूर्णरुपमा बन्द रहेको छ ।

कोभिड १९ का कारण होटल ब्यवसाय नराम्ररी धरापमा पर्दे गएको छ । यस अवस्थालाई सामना गर्न न ब्यवसायी सक्षम छन् न सरकारले कुनै राहतका प्याकेज ल्याएको छ ।

स्थानीय कर, बिद्युत महसुल, बैंकको ब्याज र किस्ता, मूल्य अभिबृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकरजस्ता कर अझै पनि तिर्नु परिरहेको छ । लकडाउनको अवधिमा पनि बिद्युत महसुलको जरिवाना लिएर अझै ढाड सेक्ने काम भएको छ । घरबहालदेखि कर्मचारीहरुको ब्यवस्थापन गर्न यो कठिन समयमा सकिएको छैन ।

पर्यटन उद्योगलाई राहत दिने, कर लगायतका विषयमा छुट दिने र पूर्णरुपमा लकडाउन नखुलेसम्म बैंकको ब्याज र अन्य करमा छुट दिने प्रावधान बनाउन आवश्यक छ ।

यसका लागि मैले सरकारका जिम्मेवार मन्त्रीहरु समक्ष कुरा गर्ने धेरै प्रयास गरेपनि कुनै सम्बोधन भएन । यस विषयलाई गम्भिरतापूर्वक लिएको पनि पाइएन ।

तसर्थ, मुलुुकको आर्थिक उन्नति र प्रगतिको आधार मानिएको होटलसँगै पर्यटन ब्यवसायलाई लकडाउनको असर र कोरोनाको डरबाट मुक्त राखेर अगाडि बढाउन सरकारसँग विशेष आग्रह गर्दछौं ।

हाल जस्तोसुकै अवस्था भएपनि यस होटल हिकोला हेरिटेजको पहिचान र सेवालाई कायम राखेर लैजान हामी प्रयत्नशील छौं ।

यस वर्ष कोरोनाको प्रकोपका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसकेपनि यो वार्षिकोत्सवको अवसरमा सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

देविभक्त श्रेष्ठ
संचालक । अध्यक्ष
होटल हिकोला हेरिटेज प्रालि
बिर्तामोड । काँकरभिट्टा

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )