दशैमा मासु कसरी खाने ? यस्तो छ डाक्टरको सुझाव

दशैमा मासु कसरी खाने ? यस्तो छ डाक्टरको सुझाव

 

डा.कमलेश्वर भाट
मासु उत्पादन र उपभोगको लागि विधिपूर्वक पालिएका पशुहरुलाई परिक्षण पश्चात कुनैपनि कष्ट नदिई बध गरेर तयार गरेको खानयोग्य मांशपेशी को भागलाई मासु भनिन्छ ।

दशैँको समयमा कमैको घरमा मात्रै शाकाहारी परिकार बनाईन्छ । यो समयमा प्रायः सवैको घर घरमा मासुका परिकारहरु नै पाईन्छ । दशैलाई मासु खाने चाडका रुपमा पनि लिईन्छ ।

तर हामीले मासु तथा यसका परिकारहरु खाँदा निकै सचेत हुनुपर्छ । चाडपर्वको बेला रमाईलोसँगै स्वास्थ्यमा ख्याल नगर्दा यसले ठुलो समस्या निम्त्याउँछ । हाम्रो देशमा अरु बेला भन्दा बढी मासु खपत हुने समय नै चाडबाडको बेला नै हो । त्यस माथि पनि खसी बोकाको मासु बढी खपत हुने गर्छ।

सबैभन्दा बढी अर्थात् ५२ प्रतिशत मासु राँगाको खपत हुन्छ भने २० प्रतिशत खसीवोका, १७ प्रतिशत कुखुरा, तथा ८ प्रतिशत मासु वंगुरको खपत हुन्छ ।

हरेक वर्ष नयाँ ५ रोग देखिने जस मध्ये ३ बटा रोग पशु पन्छीबाट मानिषमा सर्ने हुन्छ । अर्थात् ७५ प्रतिशत नयाँ रोग पशु पन्छीबाट सर्ने हुनाले हामी अलि सचेत भएर मासु उपयोग गर्नुपर्छ ।

मासुका लागि बध गरिएको पशुवाट मानिसमा जुनोटिक रोग क्षयरोग, ब्रुसेलोसिस, ईकाईनोकोकोसिस, साल्मोनेलासिस जस्ता खतरनाक रोगहरु सर्न सक्छ ।

स्वस्थकर र गुणस्तरीय मासुका लागि बधस्थलहरु नेपालमा नभएको र मासु पसलहरु पनि सफा र मापदण्ड अनुसार नभएकोले स्वस्थ र स्वच्छ मासुका लागि बध गर्नुभन्दा अगाडि र गरिसकेपछिको समयमा धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ ।
नेपालमा पशु बधशाला मासु जाँच ऐन २०५५ ले पशुको बध गर्नुअघि पशुको स्वास्थ्यको जाँच गर्नुपर्ने व्यवस्था गरेको छ । तर यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

जसले गर्दा सबै मासु खान योग्य नरहने हुन्छ । मासुका लागि खरिद गरिने पशु पन्छीको जाँच आफैँ उपभोक्ताले गर्नुपर्ने देखिन्छ । जस्तै पशुको बाहिर भागमा नाकबाट पानी बगेको अथवा टालेको , मुखमा बिमरा आएको, झोक्राएको ।
रोगी, अस्वस्थ, ज्वरो आएको तथा झाडापखाला लागेको पशुहरु मासुका लागि बध गर्दा सोही पशुमा लागेको रोगको संक्रमण मानिसमा पनि सर्न सक्छ ।

बध गर्नु २४ घण्टा अगाडिसम्म पशुलाई पूर्णरुपमा आराम दिनुपर्छ । आराम दिँदा पशुमा तनाव हुदैन जसले मासुको गुणस्तर बढ्दछ ।
पशु पन्छी बध बितिकै फ्रेश मासु भनि खाने चलन छ तर मासु बन्नको लागि  glyogen  त्यो lactic acid मा बिभाजन हुन पर्छ त्यस्को लागि केहि समय लाग्ने गर्छ अनि मात्र मासुमा रुपान्तरण हुने गर्छ ।

नत्र त्यो एउटा लाश सरह नै हुने गर्छ । मासुमा पोषणतत्व पर्याप्त हुने र सबैलाई जीवन निर्वाह गर्न पोषण आवश्यक हुने गर्छ । त्यो क्रममा यदी मासु चिसोमा रहेन भने जिवाणुले मासुमा प्रवेश गर्ने र मानव शरीरलाई हानी गर्छ । सकिन्छ भने २४ घण्टा फ्रिजमा राख्ने कमसेमक २ देखि ३ घण्टा राखेको मासु मात्र प्रयोग गर्न जरुरी हुन्छ ।

हामी नेपालीहरु छाला भएन भने मासु मिठो नहुने भने गरेको सुन्न सकिन्छ । तर छाला शरीरको सवै भन्दा वाहिरी तह भएकाले त्यहाँ जीवाणुहरु बढी सक्रिय हुन्छन् । र छालामाcholestrol को मात्रा बढी हुने र त्यो पोषणयुक्त हुँदैन । यो मानब स्वाथको लागि एकदम हानिकारक छ । आन्द्रा र रक्ती पनि स्वास्थ्यका लागि राम्रो होइन ।

पशुबाट मानिसमा सर्ने जुनोटिक रोगबाट बच्न बचाउन बध गरिने पशुलाई बध गर्नुपूर्व दक्ष पशु चिकित्सकबाट स्वास्थ्य परिक्षण नभएको जसले मासु पूर्णरुपले शुद्ध नभएको र मासु जांच ऐन २०५५ र नियमावली २०५७ नेपाल को कुनै पनि ठाउँमा कार्यान्वयन नभएका कारण मासुलाई मज्जाले पकाएर खानुपर्छ ।

लेखक सहारा नेपालमा कार्यरत छन्

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )