बिर्तामोडमा तीन तारे होटेल

बिर्तामोडमा तीन तारे होटेल

बिर्तामोड । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भटटराईले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा संचालनमा ल्याएको शिद्धार्थ ग्रान्ड सिटी होटेलले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान  पुर्याउने बताउनु भएको छ ।

सिद्धार्थ ग्रान्ड सिटी होटेलको उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ समूहले सेवा बिस्तार गर्दै पुर्बी नेपाल आएकोमा खुशी ब्यक्त गर्नु भयो ।

देशैभर होटेल रेष्टुरेन्ट र रिसोटहरु संचालन गर्दै सिद्धार्थ समूहले पुर्बी नेपालका प्रमुख पर्यटकीय गन्तब्य पाथीभरा, कन्चन्जंगा देखि इलामको मनमोहक चिया बगान क्षेत्रमा गुणस्तरिय हस्पिटालिटी सेवा पुराउनु पर्ने बताउनु भयो ।

सिद्धार्थ हस्पिटालिटीले झापाको बिर्तामोडस्थित होटल ग्राण्ड सिटीसँग व्यावसायिक साझेदारी गरी सेवा बिस्तार गरेको हो ।
बिर्तामोडको मुख्य बजारमा संचालनमा आएको तीन तारे स्तरीय होटेल ग्रान्डसिटीमा ५१ वटा सुबिधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टप सहित ५ वटा रेस्टुरेन्ट रहेका छन ।

बिर्तामोडमा तीन तारे स्तरीय होटेल संचालन गरेर सिद्धार्थ समूहले पुर्व नेपालका प्रसिद्ध पर्यटकिय गन्तब्य साथै भारतको पश्चिम बंगालका पर्यटकहरुलाई आकर्षित गर्ने तयारी गरि रहेको छ ।

सिद्धार्थ  समूहले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरहरुमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।
नेपाली, इन्डियन, कन्टिनेटल, एसियन, चाइनिज लगायतका विभिन्न परिकारका खानाहरु उपलब्ध गराएर सिद्धार्थ समूहले खानाका पारखीहरुको मन जित्दै आएको छ । ह्दय देखि आथित्य सत्कार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढिरहेको छ । सिद्धार्थ ग्रुपले नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने पर्यटकलाई पूर्वी नेपालको भ्रमण गराइ पुर्वी नेपालको मनमोहक पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार देश भरी फैलाउने लक्ष्य राखेको छ ।

समूहले नेपालगन्जमा चारतारे होटल सहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुर लगायतका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषी, आइटी कम्पनी लगायतका बिभिन्न २८ वटा कम्पनी सन्चालन गर्दै आएको छ ।

यस कम्पनीले देशैभरी आफ्नो सेवा विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )